१९ माघ २०८२, सोमबार
icon
निर्वाचन
१९ माघ २०८२, सोमबार
icon
निर्वाचन

कांग्रेस-एमाले संयन्त्रबाट बाहिरिन्छौं : सभापति श्रेष्ठ 

लक्ष्मण घिमिरे । 
अर्घाखाँची, जेठ ९ । नेपाली कांग्रेसका जिल्ला सभपति केशव श्रेष्ठले कांग्रेस-एमालेबिच गठन भएको जिल्लास्तरिय राजनितीक संयन्त्रबाट बाहिरिने बताएका छन् । भुमिकाविहिन संयन्त्रमा बसेर औचित्य पुष्टी गर्न नसक्ने भएपछी संयन्त्रमा बस्नुको अर्थ नरहने भएकाले बाहिरिने बताएका हुन् ।
नेपाली कांग्रेसको दोस्रो जिल्ला सम्मेलनलाई सम्बोधन गर्दै सभापती श्रेष्ठले एमालेले एकलौटी गरेर कांग्रेसलाई साँची मात्र राखिरहेको भन्दै संयन्त्रबाट बाहिरिने घोंषणा गरे । ‘आफुहरु एकलौटी गर्ने अनी हामी साँची बस्दिनुपर्ने?,उनले भने,’यस्ता अपमान गर्ने संयन्त्रमा बस्दैनौं ।’
केन्द्रले दुई पार्टीबीच समन्वय होस् भनेर संयन्त्र निर्माण गरेको भएपनि जिल्लामा पुरै बाइपास गर्ने काम भएको उनको भनाई छ । कांग्रेसलाई बेवास्ता गरिएको भन्दै उनले मुख्यमन्त्रीको जिल्लामै यो व्यवहार ठिक नभएको बताए ।
एमाले एक्लै बैठक बस्ने, आफुखुशी योजना बनाउने र एकलौटी प्रदेशमा गएर आफ्ना मात्र आयोजना बजेटमा पार्न खोजिएकाले कांग्रेस संयन्त्रमा बस्नु उपयुक्त नहुने उनको तर्क छ । आफुहरुले पटक-पटक संयन्त्रको बैठक बस्न र संयुक्त रुपमै योजनाहरु छनौट गर्न पहल गरेपनि एमालेले सुनेको नसुने झैं गरेको उनको आरोप छ ।
जिल्ला कार्य समितिको बैठक बसेर संयन्त्रबाट बाहिरिने निर्णय गर्नेसमेत उनको भनाई छ ।
तपाईको प्रतिक्रिया
  • खुसी ()
  • दुःखी ()
  • अचम्मित ()
  • हाँस्यास्पद ()
  • आक्रोशित ()
टिप्पणी

सम्बन्धित समाचार

सबै:

लोकप्रिय