३२ असार २०८२, बुधबार
३२ असार २०८२, बुधबार

सुनचाँदीको मूल्य बढ्यो

सुनको मूल्यमा आइतबार वृद्धि भएको छ। शुक्रबार प्रतितोला एक लाख ९४ हजार सात सय रुपैयाँ रहेको सुनको मूल्य आज आइतबार प्रतितोला एक लाख ९५ हजार दुई सय रुपैयाँ पुगेको छ। यो वृद्धि प्रतितोला पाँच सय रुपैयाँले भएको हो।

यस्तै, चाँदीको मूल्यमा पनि वृद्धि देखिएको छ। शुक्रबार प्रतितोला दुई हजार एक सय ५० रुपैयाँ रहेको चाँदीको भाउ आज आइतबार प्रतितोला दुई हजार एक सय ६० रुपैयाँ पुगेको छ। चाँदीको मूल्य प्रतितोला १० रुपैयाँले बढेको छ।

बजारमा सुन र चाँदीको मागमा भएको वृद्धिका कारण मूल्यमा उतारचढाव आएको विश्लेषकहरूको भनाइ छ।

अन्तर्राष्ट्रिय बजारमा आज एक औँस सुन तीन हजार ३६७ अमेरिकी डलरमा खरिदबिक्री भइरहेको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन् ।

तपाईको प्रतिक्रिया
  • खुसी (0%)
  • दुःखी (0%)
  • अचम्मित (0%)
  • हाँस्यास्पद (0%)
  • आक्रोशित (0%)
टिप्पणी

सम्बन्धित समाचार

सबै:

लोकप्रिय