कांग्रेस केन्द्रीय समिति बैठक सकिँदै

सत्तारुढ दल नेपाली कांग्रेसको केन्द्रीय कार्य समितिको बैठक आज सकिँदैछ । बैठक दिउँसो २ बजेबाट पार्टी केन्द्रीय कार्यालय सानेपामा बस्नेछ ।

बैठकमा केन्द्रीय सदस्य र पूर्वपदाधिकारीले बोल्ने क्रम सकिएपछि पदाधिकारीले बोल्ने क्रम जारी छ । बाँकी पदाधिकारीले आजको बैठकमा बोलिसकेपछि बैठकमा पेस भएका प्रस्ताव निर्णयार्थ प्रस्तुत गरिने बताइएको छ ।

बैठकले क्रियाशील सदस्यता टुङ्गो लगाउने, भ्रातृ संस्थाहरूको अधिवेशन लगायतका विषयमा निर्णय गर्नुका साथै समसामयिक विषयमा पनि निर्णय गर्ने जनाइएको छ ।

तपाईको प्रतिक्रिया
icon
खुसी
icon
दुःखी
icon
अचम्मित
icon
हाँस्यास्पद
icon
आक्रोशित
टिप्पणी
प्रतिक्रियाहरु ()
नाम चार शब्द भन्दा बढि लेख्न मिल्दैन

सम्बन्धित समाचार

सबै:

लोकप्रिय