१९ माघ २०८२, सोमबार
icon
निर्वाचन
१९ माघ २०८२, सोमबार
icon
निर्वाचन

कार्गाे जहाजमाथि हमला हुँदा चालक दलका दुई सदस्यको मृत्यु

यमनको तट नजिकै लाल सागरमा लाइबेरियाको ध्वजाबाहक जहाज ‘इटर्निटी सी’माथि आक्रमण भएको छ ।

सो आक्रमणमा परेर चालक दलका दुई जना सदस्यको मृत्यु भएको ‘अन्तर्राष्ट्रिय समुद्री संगठन’ का लाइबेरिया प्रतिनिधिले बताए । उनका अनुसार जहाजमाथि भयानक आक्रमण भएको थियो ।  साना डुङ्गाहरूबाट प्रहार गरिएको रकेट–प्रोपेल्ड ग्रेनेड (आरपीजी) का कारण जहाज क्षतिग्रस्त भएको समाचारमा उल्लेख छ ।

आक्रमणपछि जहाज समुद्रमा ढल्किएको थियो । रोयटर्सका अनुसार इटर्निटी सी जहाजमा कुल २२ जना चालक दलका सदस्यहरू थिए । यीमध्ये ११ जना फिलिपिन्सका र एक जना रुसका पनि थिए । यद्यपि अहिलेसम्म कुनै पनि समूहले यस आक्रमणको जिम्मेवारी लिएको छैन ।

तपाईको प्रतिक्रिया
  • खुसी ()
  • दुःखी ()
  • अचम्मित ()
  • हाँस्यास्पद ()
  • आक्रोशित ()
टिप्पणी

सम्बन्धित समाचार

सबै:

लोकप्रिय