१९ माघ २०८२, सोमबार
icon
निर्वाचन
१९ माघ २०८२, सोमबार
icon
निर्वाचन

अर्घाखाँची ११ औं पटक पूर्ण खोप सुनिश्चित तथा दिगोपना जिल्ला घोषणा

लक्ष्मण घिमिरे ।
अर्घाखाँची । १५ महिना भित्रका ६ हजार ३२९ बालबालिका र १६ महिनादेखि ५९ महिनासम्मका ८ हजार १२८ बालबालिकालाई खोप लगाएर अर्घाखाँची पूर्ण खोप सुनिश्चित तथा दिगोपना जिल्ला घोषणा गरिएको छ ।

।११ औं पटक पूर्ण खोप सुनिश्चित तथा दिगोपना जिल्ला घोषणा भएको हो । जिल्लाका सबै छ स्थानीय तहले पूर्ण खोप सुनिश्चितका लागि ९५ प्रतिशत सूचकाङ्कको मापदण्ड पूरा गरेकाले पूर्ण खोप सुनिश्चित जिल्ला घोषणा गरिएको हो ।

लुम्बिनी प्रदेशका स्वास्थ्य मन्त्री खेम सारुको प्रमुख आतिथ्यतामा घोंषणा गरिएको कार्यक्रममा जिल्लास्थित ६ वटै पालिकाका प्रमुख, उप्रमुख, सरकारी कार्यालयका प्रमुख, सुरक्षा निकायका प्रमुख, राजनितिक दलका प्रमुख, स्वास्थ्य स्वयंसेविका लगायत स्वास्थ्यकर्मी, सञ्चारकर्मीहरुको उपस्थिती रहेको थियो ।

जिल्ला समन्वय समितिको सभाहलमा भएको कार्यक्रममा प्रमुख अतिथी मन्त्री सारुले खोप सुनिश्चित भएकोमा अर्घाखाँची जिल्लालाई बधाई ज्ञापन गरे । स्वास्थ्यको क्षेत्रमा आमुल परिवर्तनको खाँचो रहेको भन्दै उनले प्रदेश सरकार निति निर्माणदेखी भौतिक अवस्था फेर्न लागी परेको बताए ।

नेपाल सरकारका सञ्चालित विभिन्न स्वास्थ्य कार्यक्रममध्ये राष्ट्रिय खोप कार्यक्रम राज्यका तीन वटै सरकार सङ्घ, प्रदेश र स्थानीय तहको पहिलो प्राथमिकतामा रहेको सर्वाधिक सफल र लागत प्रभावकारी कार्यक्रम हो ।

तपाईको प्रतिक्रिया
  • खुसी ()
  • दुःखी ()
  • अचम्मित ()
  • हाँस्यास्पद ()
  • आक्रोशित ()
टिप्पणी

सम्बन्धित समाचार

सबै:

लोकप्रिय