१९ माघ २०८२, सोमबार
icon
निर्वाचन
१९ माघ २०८२, सोमबार
icon
निर्वाचन

भारतमा भएको विमान दुर्घटनाको प्रारम्भिक प्रतिवेदन सार्वजनिक

भारतमा एअर इन्डियाको विमान दुर्घटनासम्बन्धी प्रारम्भिक प्रतिवेदन सार्वजनिक भएको छ । प्रतिवेदनमा इञ्जिन कट–अफ स्थिति अर्थात इञ्जिनका स्वीचहरु बन्द गरिनुलाई रहस्यमय भनिएको छ ।

प्रतिवेदनअनुसार दुवै इन्जिनको फ्युल कन्ट्रोल स्विचहरू ‘रन’बाट ‘कट–अफ’मा सारिएको पुष्टि भएको छ ।

सामान्यतया यस्तो प्रक्रिया विमान गन्तव्यमा अवतरणपछि मात्र गरिन्छ । तर कुनै आपतकालीन अवस्था नदेखिएको प्रतिवेदनमा उल्लेख छ । विमानमा इन्धनको नमूना परीक्षण ‘सन्तोषजनक’पाइएको छ ।

प्रारम्भिक प्रतिवेदनअनुसार विमानको कुनै यान्त्रिक दोष वा सफ्टवेयर त्रुटिको पुष्टि भएको छैन । तथापि, सबै निष्कर्ष आउन अझै समय लाग्ने देखिन्छ ।

एक महिनाअघि जुन १२ मा भारतको अहमदाबाद शहरमा एअर इन्डियाको बोइङ ७८७–८ ड्रीमलाइनर विमान दुर्घटना भएको थियो । दुर्घटनामा २४१ जना यात्रुसहित २६० जनाको ज्यान जानुका साथै पाँचवटा भवनहरूमा क्षति भएको थियो ।

तपाईको प्रतिक्रिया
  • खुसी ()
  • दुःखी ()
  • अचम्मित ()
  • हाँस्यास्पद ()
  • आक्रोशित ()
टिप्पणी

सम्बन्धित समाचार

सबै:

लोकप्रिय