पूर्वनिर्वाचन आयुक्त शर्माको निधन

पूर्वनिर्वाचन आयुक्त इला शर्माको हृदयाघातका कारण निधन भएको छ। शनिबार बेलुका नर्भिक अस्पतालमा निधन भएको हो।

शर्माले २०६९ सालदेखि ०७५ सालसम्म निर्वाचन आयोगमा आयुक्तको जिम्मेवारी सम्हालेकी थिइन्। शर्माले निर्वाचन कानुन, नियमावली र निर्देशनको मस्यौदा तयार गर्ने उच्चस्तरीय कानुनी मस्यौदा तथा राजनीतिक सम्बन्ध समितिको नेतृत्व गरेर काम गरेकी थिइन् । पछिल्लो समय उनी सिटिजन्स बैंक इन्टरनेसनलको डाइरेक्टर थिइन्।

उनको दाहसंस्कार आज गरिनेछ। उनी पूर्वपत्रकार समेत हुन्। उनले लामो समयसम्म द राइजिङ नेपालमा काम गरेकी थिइन्।

तपाईको प्रतिक्रिया
icon
खुसी
icon
दुःखी
icon
अचम्मित
icon
हाँस्यास्पद
icon
आक्रोशित
टिप्पणी
प्रतिक्रियाहरु ()
नाम चार शब्द भन्दा बढि लेख्न मिल्दैन

सम्बन्धित समाचार

सबै: