ई-रिक्सा चार्ज गर्ने क्रममा करेन्ट लागेर दम्पतीको मृत्यु

सप्तरीको रुपनी गाउँपालिका २ महुवा टोलमा ई-रिक्सा चार्ज गर्ने क्रममा करेन्ट लागेर श्रीमान्-श्रीमतीको मृत्यु भएको छ। स्थानीय ४५ वर्षीय बालेश्वर मण्डल र उनकी श्रीमती ३५ वर्षीया रामकुमारी खंगको करेन्ट लागेर मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सप्तरीले जनाएको छ।

आफ्नै घरमा ई-रिक्सा चार्ज गर्ने क्रममा शुक्रबार अबेर राति करेन्ट लागेर घटनास्थलमै मृत्यु भएको थियो। शनिबार बिहान खबर पाएपछि प्रहरीले दुवै जनाको शव परीक्षणका लागि गजेन्द्र नारायण सिंह अस्पताल राजबिराजमा ल्याएको जिल्ला प्रहरी कार्यालय सप्तरीले जनाएको छ।

घटनाको विषयमा थप अनुसन्धान भइरहेको छ।

तपाईको प्रतिक्रिया
icon
खुसी
icon
दुःखी
icon
अचम्मित
icon
हाँस्यास्पद
icon
आक्रोशित
टिप्पणी
प्रतिक्रियाहरु ()
नाम चार शब्द भन्दा बढि लेख्न मिल्दैन

सम्बन्धित समाचार

सबै:

लोकप्रिय