२३ कार्तिक २०८२, आइतबार
२३ कार्तिक २०८२, आइतबार

ई-रिक्सा चार्ज गर्ने क्रममा करेन्ट लागेर दम्पतीको मृत्यु

सप्तरीको रुपनी गाउँपालिका २ महुवा टोलमा ई-रिक्सा चार्ज गर्ने क्रममा करेन्ट लागेर श्रीमान्-श्रीमतीको मृत्यु भएको छ। स्थानीय ४५ वर्षीय बालेश्वर मण्डल र उनकी श्रीमती ३५ वर्षीया रामकुमारी खंगको करेन्ट लागेर मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सप्तरीले जनाएको छ।

आफ्नै घरमा ई-रिक्सा चार्ज गर्ने क्रममा शुक्रबार अबेर राति करेन्ट लागेर घटनास्थलमै मृत्यु भएको थियो। शनिबार बिहान खबर पाएपछि प्रहरीले दुवै जनाको शव परीक्षणका लागि गजेन्द्र नारायण सिंह अस्पताल राजबिराजमा ल्याएको जिल्ला प्रहरी कार्यालय सप्तरीले जनाएको छ।

घटनाको विषयमा थप अनुसन्धान भइरहेको छ।

तपाईको प्रतिक्रिया
  • खुसी ()
  • दुःखी ()
  • अचम्मित ()
  • हाँस्यास्पद ()
  • आक्रोशित ()
टिप्पणी

सम्बन्धित समाचार

सबै:

लोकप्रिय