मनसुन सक्रिय भएसँगै बाढी र पहिरोका कारण देशका विभिन्न स्थानका राजमार्गहरू अवरुद्ध भएका छन् । नेपाल प्रहरीले गराएको शनिबार बिहान साढे १० बजेसम्मको अद्यावधिक जानकारीअनुसार ४ वटा सडक पूर्ण रूपमा अवरुद्ध छन् भने ५ स्थानमा एकतर्फी रूपमा सञ्चालनमा छन् ।
रसुवाको गोसाईंकुण्ड गाउँपालिका–२ मा बाढीले नेपाल र चीन नाका जोड्ने मितेरी पुलमा क्षति पुर्याउँदा यातायात पूर्ण रूपमा बन्द छ। जाजरकोट–डोल्पा सडक खण्डअन्तर्गत रुकुम पश्चिमस्थित आठबिसकोट नगरपालिका–६ रिजिगारमा बाढीका कारण जाजरकोट–डोल्पा भियारी करिडोर पूर्ण रूपमा अवरुद्ध छ।
