१९ माघ २०८२, सोमबार
icon
निर्वाचन
१९ माघ २०८२, सोमबार
icon
निर्वाचन

आज गण्डकी प्रदेशको एक/दुई ठाउँमा ठूलो पानी पर्ने सम्भावना

आज गण्डकी प्रदेशको एक/दुई ठाउँमा ठूलो पानी पर्ने सम्भावना छ । आज राति गण्डकी प्रदेशको एक/दुई ठाउँमा ठूलो वर्षा हुने सम्भावना रहेको मौसमविद् प्रतिभा मानन्धरले जानकारी दिनुभयो । ठूलो वर्षाको सम्भावना रहेको गण्डकीमा आवश्यक सतर्कता अपनाउन महाशाखाले अनुरोध गरेको छ ।

आज दिउँसो पहाडी क्षेत्रका थोरै ठाउँ तथा तराईका एक/दुई ठाउँमा हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

अहिले पनि बागमती, कर्णाली र सुदूरपश्चिम प्रदेशका केही ठाउँमा पानी परिरहेको महाशाखाले जनाएको छ । गएराति पनि मधेश प्रदेशबाहेक अरु प्रदेशका केही ठाउँमा हल्कादेखि मध्यम वर्षा भएको थियो ।

मौसमविद् मानन्धरका अनुसार सुक्खाग्रस्त मधेश प्रदेशका केही ठाउँमा हल्कादेखि मध्यम वर्षा भए पनि ठूलो वर्षाको सम्भावना छैन ।

अहिले देशभर मनसुनी वायुको प्रभाव रहेको छ । ठूलो तथा लगातार वर्षाको सम्भावना नरहेको महाशाखाले जनाएको छ ।

तपाईको प्रतिक्रिया
  • खुसी ()
  • दुःखी ()
  • अचम्मित ()
  • हाँस्यास्पद ()
  • आक्रोशित ()
टिप्पणी

सम्बन्धित समाचार

सबै:

लोकप्रिय