३ हजार माथि टिक्न सकेन शेयर बजार

बुधबार सेयर बजारको परिसूचक नेप्से फेरि ३ हजार मुनि झरेको छ । अघिल्लो दिन ३००२ अंकमा अडिएको बजार आज ४७.९३ अंक घटेर २९५४ मा झरेको छ ।

कारोबार सुरु भएपछि प्रायः घटेको बजार अन्तिमसम्म कायम रह्यो । कारोबार रकम अघिल्लो दिनको तुलनामा केही घटेको छ । अघिल्लो दिन १८ अर्ब ५२ करोडको कारोबार भएकोमा आज १६ अर्ब ४४ करोडको भयो ।

२३ कम्पनीको मूल्य बढ्दा २२६ को घट्यो । अन्यबाहेक सबै समूहका सूचक घटेका छन् । अन्य समूह ०.८५ प्रतिशत बढ्यो । दुई शक्तिशाली कम्पनी नेपाल पुनर्बीमा र हिमालयन रिइन्स्योरेन्सको मूल्य बढ्दा यो समूह हरियो रह्यो ।

बैंकिङ १.५५, विकास बैंक ३.२७, फाइनान्स २.७०, होटल तथा पर्यटन २.१०, हाइड्रोपावर १.६३, लगानी १.६५, जीवन बीमा १.७६, उत्पादन तथा प्रशोधन १.३२, माइक्रोफाइनान्स ३.२८, निर्जीवन बीमा १.५४ तथा व्यापार १.७२ प्रतिशत घटे ।

तपाईको प्रतिक्रिया
icon
खुसी
icon
दुःखी
icon
अचम्मित
icon
हाँस्यास्पद
icon
आक्रोशित
टिप्पणी
प्रतिक्रियाहरु ()
नाम चार शब्द भन्दा बढि लेख्न मिल्दैन

सम्बन्धित समाचार

सबै:

लोकप्रिय