१९ माघ २०८२, सोमबार
icon
निर्वाचन
१९ माघ २०८२, सोमबार
icon
निर्वाचन

‘कवाडी वैज्ञानिक’ मन्त्री

शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयको जिम्मेवारी पाउँदै गरेका डा. महावीर पुनले आफूलाई ‘कवाडी वैज्ञानिक’ मन्त्री भन्न आग्रह गरेका छन्।

उनले आज समाजिक सञ्जालमा लेखेका छन्, ‘मलाई कसैले पनि मन्त्री नभन्नु होला। कसैलाई मन्त्री नै भन्न साह्रै रहर छ भने ‘कवाडी वैज्ञानिक मन्त्री भन्नु होला।’ त्यस्तै पुनले मन्त्री भएपश्चात् आफूलाई बधाई दिन खादामालाको सट्टा ठोस काम र आईडिया लिएर आउन आग्रह गरेका छन्।

‘कसैले पनि “लौ बधाई छ भनेर फोन नगर्नु होला र बधाई दिन खादा माला लिएर नआउनु होला,’ उनले लेखेका छन्, ‘बरू शिक्षा, विज्ञान र प्रविधिको क्षेत्रमा ५ महिनाभित्र गर्न सकिने र गर्ने पर्ने ठोस काम र आईडिया छ भने मेरो ह्वाट्सअप मा पठाउनु होला।’

तपाईको प्रतिक्रिया
  • खुसी ()
  • दुःखी ()
  • अचम्मित ()
  • हाँस्यास्पद ()
  • आक्रोशित ()
टिप्पणी

सम्बन्धित समाचार

सबै:

लोकप्रिय