१९ माघ २०८२, सोमबार
icon
निर्वाचन
१९ माघ २०८२, सोमबार
icon
निर्वाचन

जेन-जी आन्दोलनमा भागेका ७ हजार ३ सय कैदीबन्दी अझै कारागार बाहिर

जेनजी प्रदर्शनमा २८ वटा कारागार र ९ वटा बाल सुधार गृहबाट कैदीबन्दीहरु फरार भएका थिए । प्रदर्शनको क्रममा नाबालक बन्दीसहित १४ हजार ५५६ जना कैदीबन्दी फरार भएका थिए । तिमध्ये आफैं उपस्थित भएका र पक्राउ परेर ७ हजार १८७ जना कारागार फिर्ता भैसकेका छन् ।

बालसुधार गृह र कारागारबाट फरार भएका ७ हजार ३६८ कैदीबन्दी अझै कारागार बाहिर छन् । कारागार व्यवस्थापन विभागका निर्देशक चोमेन्द्र न्यौपानेले फिर्ता आउन बाँकी कैदीबन्दीलाई फिर्ता ल्याउने प्रयास भइरहेको बताए । अहिले देशभरका कारागार र सुधार गृहमा २२ हजार ८६१ जना कैदीबन्दी छन् ।

जेनजी प्रदर्शनको क्रममा नख्खु कारागारबाट रास्वापा सभापति रवि लामिछाने निस्केपछि देशभरबाट कैदीबन्दीले जेल तोडेर निस्केका थिए । जेल तोड्न रोक्ने क्रममा नेपाली सेनाले बल प्रयोग गर्दा १० जनाको मृत्यु भएको छ ।

जेनजी प्रदर्शनमा अवसर पाए पनि १५ हजार १६२ जना कैदीबन्दी भागेनन् । गण्डकी प्रदेशका पूर्व सांसद दीपक मनाङे र निर्माण व्यवसायी सङ्घका तत्कालीन अध्यक्ष शरद कुमार गौचनको हत्यामा संलग्न मुख्य योजनाकार समिरमान सिंह बस्नेत भागेनन् । बस्नेत कारागारबाट नभागेको केन्द्रीय कारागारका जेलर कृष्ण चापागाईंले बताए । मनाङे डिल्लीबजार कारागारमा छन् ।

तपाईको प्रतिक्रिया
  • खुसी ()
  • दुःखी ()
  • अचम्मित ()
  • हाँस्यास्पद ()
  • आक्रोशित ()
टिप्पणी

सम्बन्धित समाचार

सबै:

लोकप्रिय