२३ कार्तिक २०८२, आइतबार
२३ कार्तिक २०८२, आइतबार

विशेष महाधिवेशनको विपक्षमा अर्घाखाँचीका यि प्रतिनिधी

यही भदौ २३ र २४ गते देशमा नयाँ राजनीतिक परिवर्तन भयो । ७४ जनाको बलिदानीसंगै मुलुक नयाँ दिशामा गएको छ ।

परम्परागत दलहरुको सिन्डिकेट तोड्दै नेपाल फरक अभ्यासको दिशामा अँघीं बढिरहेको छ । जेन–जी उमेर समुहको विद्रोहको परिणाम यति भयावह भयो कि देशका सांस्कृतिक धरोहर खरानी हुनुका साथै पुराना दलका पुराना नेताहरु गुप्तवास बस्नु पर्ने अवस्था सृजना भयो ।

पुराना दलका शिर्ष नेताहरु केही दशकदेखी सत्तामा म्युजिकल चेयर खेलिरहेको अवस्थामा ब्रेक लाग्यो । धेरै नेताहरुका व्यक्तिगत सम्पत्तीमा आगो लाग्यो । नेपाली कांग्रेसका सभापती शेर बहादुर देउवा र पत्नी आरजु राणाको घर जल्नुका साथै भौतिक आक्रमण पनि भयो ।

मरणासन्न हुनेगरी कुटाई खाएर आन्दोलनको चपेटामा परेका नेताहरु शायद देउवा दम्पत्ती मात्र हुन् । अन्य दल तथा कांग्रेसकै नेताहरु पनि यसरी कुटिनु परेन । सबैले लुकेर ज्यान जोगाए ।

आन्दोलन मत्थर भएसंगै दलहरुमा आमुल परिवर्तनको विषयले चर्चा पाएको छ । चर्चा यसअँघीं पनि थियो तर यसपाली चर्को स्वरमै विषयले प्राथमिकता पाएको छ ।

नेपाली कांग्रेसका महामन्त्रीद्वय गगन थापा र विश्वप्रकाश शर्माले पार्टी पुनर्निर्माणको प्रस्तावसहित बहस छेंडेका छन् । नियमित महाधिवेशन आउँदो मंसिरमा गर्ने नभए विशेष महाधिवेशनको प्रस्तावका लागी हस्ताक्षर संकलन गर्ने कार्यमा महामन्त्रीहरु जुटेका छन् ।

देशभर ६० प्रतिशत महाधिवेशन प्रतिनिधिले हस्ताक्षर गरेर महामन्त्री थापाको प्रस्तावमा ऐक्यबद्धता जनाएको दावी गरिएको छ ।

अर्घखाँचीमा समेत हस्ताक्षर संकलन कार्य सकिएको छ । अर्घखाँचीबाट निर्वाचित २६ जना महाधिवेशन प्रतिनिधिहरु मध्ये ३ जनाबाहेक सबैले पार्टीको नेतृत्व परिवर्तन हुनुपर्ने कुरालाई समर्थन जनाउँदै विशेष महाधिवेशनको पक्षमा हस्ताक्षर गरेका छन् ।

२६ जनामध्यो २३ जनाले विशेष महाधिवेशनको माग गरेका छन् । अर्थात पार्टी पुनर्गठित हुनुपर्ने मत जाहेर गरेका छन् । अर्घखाँचीबाट जिल्ला सभापति केशव श्रेष्ठसहित २६ जना महाधिवेशन प्रतिनिधी छन् ।

यसका अलावा नेपाली कांग्रेस केन्द्रीय सदस्य पुष्पा भुसाल, केन्द्रीय सदस्य मान बहादुर विश्वकर्मा, प्रवासीहरुको तर्फबाट पुर्व केन्द्रीय सदस्य बालकृष्ण पाण्डे, भातृ संस्थाहरुको तर्फबाट तरुण दल केन्द्रीय सदस्य कपिल पोख्रेल, लोकतान्त्रिक एनजिओका तर्फबाट जिल्ला उपसभापति बाबुराम पौडेल पनि महाधिवेशन प्रतिनिधि छन् ।

को को ले गरेनन् हस्ताक्षर ?

अर्घखाँचीबाट निर्वाचित २६ जनामध्ये २३ जनाले विशेष महाधिवेशनको पक्षमा हस्ताक्षर गरे । तिन जनाले हस्ताक्षर नगर्ने बताए ।

१. रेवती प्रसाद भुसाल
२. डा. चोपलाल भुसाल
३. हिम्मत टण्डन

केन्द्रीय सदस्यहरु
१.पुष्पा भुसाल
२.मान बहादुर विश्वकर्मा
विधान अनुसार हुनुपर्ने भन्दै महामन्त्रीद्वयको पार्टी पुनर्निर्माणको पक्ष लिन नसकिने भन्दै उनिहरुले हस्ताक्षर गरेनन् ।
यसरी अर्घाखाँचीको भुगोलका ३१ जना महाधिवेशन प्रतिनिधीमध्ये ५ जनाले परिवर्तनको आवाजलाई आत्मसाथ गर्न सकेनन् । चौतर्फी पार्टीहरुको सुदृढिकरणको आवाज उठिरहँदा यि ५ जनाले पुरानै नेतृत्व आवश्यक छ भन्ने संदेश दिएका छन् ।

पुष्पा भुसाल, डा. चोपलाल भुसाल, मान बहादुर विश्वकर्मा देउवा निकट रहेर लाभ आर्जन गर्ने पात्र हुन्। पुष्पा भुसाल पटक–पटक प्रतिनिधिसभा उम्मेद्वारको टिकट पाउने कांग्रेसी हुन् भने उनि पुर्व उप–सभामुख भएकी छिन् ।

पुष्पाका श्रीमान डा. चोपलाल भुसाल सत्ताको आडमा राजनितिक नियुक्ती पाईरहने व्यक्ती हुन्। क्षमता कम चाकडी ज्यादाकै भरमा उनि बंगलादेशको राजदुतदेखी मेडिकल काउन्सिलको अध्यक्ष भएका छन् ।

मान बहादुर विश्वकर्मा, रेवती भुसाल पनि पुर्व मन्त्री हुन् । विश्वकर्मा देउवा र भुसाल शेखर कोईराला निकट पात्र हुन् ।

प्रवासी बालकृष्ण पाण्डेले हस्ताक्षर नगरेपनि आफु परिवर्तनको पक्षमा रहेको बताए । ‘विधि कुन अपनाउने भन्ने हो,उनले भने,‘पार्टी रुपान्तरण हुनुपर्छ ।’ उपसभापति बाबुराम पौडेल पनि देउवा निकट छन् । उनले आफुले नियमित महाधिवेशन चाहेको बताए । मंसिर भित्रै नियमित महाधिवेशन हुनुपर्ने भन्दै उनले विशेष महाधिवेशनले पार्टीमा फाटो पर्ने बताए ।

जेज–जी आन्दोलन विद्रोह मात्र नभएर चेतावनीसमेत हो । यो अवस्थामा समेत चेत नखानु र पुरानै नेतृत्व सही छ भन्ने पात्रहरुको लेखाजोखा राखिने नेविसंघ जिल्ला कार्यसमीतिले जनाएको छ ।

मंसिरमै महाधिवेशन हुनुपर्ने जिल्ला सहसचिव मेघराज पाण्डेले बताए । नियमित होस् या विशेष महाधिवेशन चै हुनुपर्ने बताए । ’विशेष महाधिवेशनको पक्षमा हुनु भनेको नियमित महाधिवेशनको विपक्षमा हुनु होइन,’उनले भने,सकेसम्म र नेतृत्वले चाहेसम्म नियमित महाधिवेशन नै हुनुपर्छ तर यदि नेतृत्वले नचाहेको खण्डमा पार्टिको विधान बमोजिम विशेष महाधिवेशन बाटै भएपनि पार्टि रुपान्तरण हुनुपर्छ ।’

यसै सन्दर्भमा नेपाली कांग्रेस अर्घाखाँचीको जिल्ला पदाधिकारी बैठकले मंसिर मसान्त भित्र नियमित वा विशेष महाधिवेशन मार्फत समयको माग र आम नेता, कार्यकर्ता र नागरिकको अपेक्षा बमोजिमको पार्टि निर्माणमा अग्रसर हुन पार्टिको केन्द्रीय कार्यसमिति लगायत सबै अग्रज नेताहरुलाई आग्रह गर्ने निर्णय समेत गरेको छ ।

तपाईको प्रतिक्रिया
  • खुसी ()
  • दुःखी ()
  • अचम्मित ()
  • हाँस्यास्पद ()
  • आक्रोशित ()
टिप्पणी

सम्बन्धित समाचार

सबै:

लोकप्रिय