निकोलस भुसालको जीवन रक्षा गर्न माग

माइतीघर मण्डलामा विगत सात दिनदेखि आमरण अनसन बसेको डा. निकोलस भुसालको स्वास्थ्य अवस्था बिग्रँदै गएको छ । नेपाल चिकित्सक संघका आजीवन सदस्य समेत रहेका भुसालको स्वास्थ्य अवस्थाबारे ध्यानाकर्षण भएको संघका महासचिव डा.सञ्जीव तिवारीले जनाएका छन् ।

संघले भुसालमा रिँगटा लाग्ने, शरीर सुन्निने लगायतका जटिल समस्या देखा परेकाले उनको जीवन रक्षाको लागि आवश्यक कदम चाल्न सरकारसँग माग गरेको छ ।

 

तपाईको प्रतिक्रिया
icon
खुसी
icon
दुःखी
icon
अचम्मित
icon
हाँस्यास्पद
icon
आक्रोशित
टिप्पणी
प्रतिक्रियाहरु ()
नाम चार शब्द भन्दा बढि लेख्न मिल्दैन

सम्बन्धित समाचार

सबै:

लोकप्रिय