१९ माघ २०८२, सोमबार
icon
निर्वाचन
१९ माघ २०८२, सोमबार
icon
निर्वाचन

आत्मीयताको खोजी

विश्वको जन्म रामेछापको दुर्गम पहाडी गाउँमा भएको थियो । त्यो ठाउँ सुन्दर प्रकृतिले भरिपूर्ण थियो । उसको जीवनमा त्यस स्थानसँग जोडिएका सम्झनाहरू सुखदभन्दा बढी पीडादायी थिए । बाल्यकालमै परिवारको माया र छाया गुमाउनु उसको जीवनको सबैभन्दा ठूलो घाउ थियो ।

अभाव र एकान्तले उसलाई समयभन्दा अगाडि परिपक्व बनायो । सानै उमेरमा अनाथको हैसियतले संसारलाई बुझ्नुपर्ने बाध्यता आयो । कसरी कठिनाइसँग जुध्ने, कसरी निराश नहुने र कसरी जीवनलाई निरन्तर अघि बढाउने भन्ने पाठ उसले चाँडै सिक्यो । सङ्घर्षले उसलाई कठोर बनायो र त्यही सङ्घर्षले उसको आत्मबललाई अझ दृढ पनि ।

भाग्यको एउटा मोडले उसलाई काठमाडौँसम्म पुर्‍यायो । राजधानीको नाम चलेको विद्यालयमा पढ्ने अवसर भएपछि उसको जीवन नयाँ अध्यायमा प्रवेश गर्‍यो । तर ऊ अरू विद्यार्थी जस्तो चञ्चल र रमाइलो गर्ने स्वभावको थिएन । पढाइमा सामान्य भए पनि उसको सबैभन्दा ठूलो पहिचान मिहिनेत र लगनशीलता थियो ।

उसले अवसरलाई कहिल्यै हल्का रूपमा लिएन । प्रत्येक सम्भावनालाई जीवन परिवर्तन गर्ने मौका ठानेर मेहनत गर्‍यो । यही दृढता र लगनशीलताले उसको जीवनलाई कठिनाइको अँध्यारोबाट आशाको उज्यालोतर्फ डोर्‍यायो ।

बाह्र कक्षासम्म त्यही विद्यालयमा अध्ययन पूरा गरेपछि विश्वको जीवनले नयाँ मोड लियो । अवसरको खोजीमा ऊ वैदेशिक रोजगारका लागि सिङ्गापुर पुग्यो । नयाँ देश, नयाँ वातावरण र अपरिचित संस्कृतिमा सुरुवाती दिनहरू निकै कठिन थिए । दिनभर कठोर श्रम गर्नु पर्थ्यो, रातभर अध्ययनमा समय दिनुपर्थ्यो । शारीरिक थकाइ र मानसिक दबाबबीच पनि ऊ दृढ रह्यो किनकि हार मान्ने स्वभाव उसमा थिएन ।

लगनशीलता, इमानदार काम र निरन्तर प्रयासका कारण ऊ छिट्टै चिनिन थाल्यो । कामसँगै अध्ययनलाई निरन्तरता दिँदै अन्ततः नाम चलेको कम्पनीमा सम्मानजनक पद हासिल गर्‍यो । समयसँगै कम्पनीले उसलाई सेयर प्रदान गर्न थाल्यो जुन उसको योगदानप्रति विश्वास र सम्मानको प्रतीक थियो । त्यसपछि ऊ कर्मचारी रहेन ।

आफ्नै व्यवसाय सुरु गरेर निर्णय गर्ने हैसियतमा पुगिसकेको थियो । अब ऊ अरूको आदेश पालना गर्ने नभई आफ्नै दृष्टि र योजनाअनुसार भविष्य निर्माण गर्ने अवस्थामा पुगिसकेको थियो ।

यति धेरै उपलब्धि, सम्मान र आर्थिक सफलता हासिल गरे पनि विश्वको जीवनभित्र एउटा गहिरो खालीपन सधैं बाँकी रह्यो । आफ्नै व्यवसाय, आर्थिक सम्पन्नताका कारण बाहिरी संसारले उसलाई सफलताको प्रतीक ठान्थ्यो । तर उसको अन्तरमनमा भने एक किसिमको शून्यता निरन्तर गुञ्जिरहन्थ्यो ।

परिवारको माया, अपनत्व र आत्मीयताको अभावले उसको हृदयमा अकल्पनीय पीडा बसिरहेको हुन्थ्यो । दिनभर व्यस्त जीवन, रातभर थकाइले भरिएको शरीर लिएर एक्लै शयनकक्षमा पुग्थ्यो । त्यतिबेला उसको आत्माले उसलाई नै भन्थ्यो— ‘तँसँग सम्पत्ति भए तापनि तँलाई साथ दिने कोही छैन ।’ सफलताको चमकले उसको बाहिरी जीवन उज्यालो बनाएको थियो तर भित्री संसार अँध्यारो र सुनसान थियो ।

ऊ प्रायः खाली समयमा सोच्ने गर्थ्यो कि साथमा कोही आत्मीय हुन्थ्यो भने, जसले आफ्नो सङ्घर्षको कथा सुन्थ्यो, उसको थकाइमा हात समाइदिन्थ्यो । संसारले उसको सफलता देख्यो तर उसको मनले चाहेको एउटा सच्चा साथी चाहिएको छ भन्ने कसैले देखेन । यो चाहना पूरा नभएकाले उसको जीवन अझ पीडादायी बनिरहेको थियो ।

त्यही कम्पनीमा लक्ष्मी नामकी नेपाली युवती काम गर्थिन् । उनको जिम्मेवारी अतिथिहरूलाई सधैं आत्मीय मुस्कानसहित स्वागत गर्ने थियो ।

विश्वको कामले उसलाई संसारका विभिन्न सहर पुर्‍याउँथ्यो । विश्वको जीवन व्यापारिक दौडधुपले भरिएको थियो । सम्झौता, बैठक र यात्राले उसका दिनहरू व्यस्त बनाउँथे । तर दुबईमा एउटा कम्पनीमा व्यापारिक सम्झौतामा भएको एउटा भेटले उसको जीवनलाई नयाँ रङ दिन थाल्यो ।

त्यही कम्पनीमा लक्ष्मी नामकी नेपाली युवती काम गर्थिन् । उनको जिम्मेवारी अतिथिहरूलाई सधैं आत्मीय मुस्कानसहित स्वागत गर्ने थियो । पहिलो भेटमा विश्वले उनलाई सामान्य औपचारिकता ठानेर बेवास्ता गर्‍यो । ऊ व्यावसायिक कागजपत्र र सम्झौतामा डुबेको थियो ।

तर समयसँगै, बारम्बारको भेटघाटले उसको नजर अनायासै लक्ष्मीमा अडिन थाल्यो । लक्ष्मीको सरलता, शालीनता र आत्मीय मुस्कानले उसको मनमा अज्ञात तर गहिरो तरङ्ग पैदा गर्‍यो । व्यावसायिक कठोरता बीच लक्ष्मीको उपस्थितिले उसलाई जीवनको अर्को अर्थ सम्झाइरहेको थियो– सफलता मात्र होइन, साथ र आत्मीयता पनि जीवनका आधार हुन् ।

विश्वलाई लाग्न थाल्यो, यही आत्मीयता उसले सधैं खोजिरहेको थियो । लक्ष्मीको आँखामा उसले अपनत्वको चमक देख्यो । हृदयमा लामो समयदेखि रहेको खालीपन कसैले भरिदिने सङ्केत पाउँथ्यो ऊ ।

लक्ष्मीको जीवन सजिलो थिएन तर उनको कठिनाइ विश्वको भन्दा फरक थियो । सिन्धुपाल्चोकको दुर्गम गाउँमा जन्मिएकी लक्ष्मी दलित परिवारकी छोरी थिइन् । जन्मसँगै उनले समाजको विभेद र गरिबीको बोझ खेप्नुपरेको थियो । बाल्यकालमा उनले– अभाव, भोक र समाजको तिरस्कारले भरिएको संसार देखेकी थिइन् ।

१० कक्षापछि उनी काठमाडौँ आइपुगिन् । सहर उनका लागि सपना जस्तै थियो । उज्यालो बत्ती, ठूला घर र अवसरको आभास ।

आमाले घर धान्न नसकेपछि वैदेशिक रोजगार रोज्नुपर्‍यो । आमा टाढा भएपछि लक्ष्मीको बाल्यकाल बाल्यकाल जस्तो रहेन । जिम्मेवारीले उनलाई उमेरभन्दा अगाडि ठूलो बनाइदियो । घरको काम, भाइबहिनीको हेरचाह अनि समाजको कठोर दृष्टि– यी सबै उनको जीवनका अनिवार्य अध्याय बने ।

१० कक्षापछि उनी काठमाडौँ आइपुगिन् । सहर उनका लागि सपना जस्तै थियो । उज्यालो बत्ती, ठूला घर र अवसरको आभास । तर त्यही सहर उनका लागि डरलाग्दो पनि थियो– अन्जान मानिसहरू, कठोर प्रतिस्पर्धा र आफ्नो पहिचान लुकाउनु पर्ने बाध्यता । लक्ष्मीको मनमा सधैं एउटा द्वन्द्व चलिरहन्थ्यो– ‘के म यहाँ टिक्न सक्छु ? के मेरा सपना साकार हुन्छन् ?’

तर कठिनाइले उनलाई भत्काएन, बरु अझ दृढ बनायो । आमाको दूरी, समाजको विभेद र अपनत्वको अभावले गर्दा उनको आँखाभित्र सधैं एउटा पीडा लुकेको थियो । तर त्यही पीडाले उनको आत्मबललाई बलियो बनायो । सहर उनका लागि चुनौती नभई सम्भावनाको नयाँ द्वार पनि बन्यो ।

बाह्र कक्षा उत्तीर्ण गरेपछि लक्ष्मीले मोडलिङको संसारमा आफ्नो स्थान बनाउने सपना देखिन् । उनको हृदयमा आफूलाई प्रमाणित गर्ने, आफ्नो क्षमता र सौन्दर्यलाई संसारलाई देखाउने तीव्र इच्छा थियो । तर यो सपना आर्थिक अभाव र पारिवारिक दबाबको दुवै पहिराले दबिएर धेरै टाढा पुग्न सकेन । आमा अझै विदेशमै काम गरिरहेकी थिइन् र छोरीको भविष्य सुरक्षित होस् भन्ने चाहनाले दुबई जाने निर्णय गरिन् ।

त्यो सुनेपछि विश्वको दृष्टिमा कुनै हिचकिचाहट आएन । उसले स्पष्ट शब्दमा भन्यो कि ‘मलाई जात होइन, मान्छे चाहिएको हो ।’

लक्ष्मीले आमाको निर्णयलाई आफ्नो कर्तव्यको रूपमा लिइन् र आमा गएको बाटो पछ्याउँदै दुबई पुगिन् । त्यहाँ पुगेर उनले एउटा कम्पनीमा काम गर्न थालिन् । यो काम रोजगारी मात्र थिएन । यो आत्मनिर्भर हुने, आफ्नो खुट्टामा उभिने र परिवारलाई सहयोग गर्ने प्रयास थियो । यही कम्पनीमा काम गर्ने सिलसिलामा उनले विश्वलाई भेटेकी थिइन् ।

लक्ष्मीको आँखामा विश्वले केही फरक देख्यो ‘न त बनावटी मुस्कान, न त डरले झुकेको आत्मा’ । थकान थियो तर हार थिएन । लक्ष्मीले पनि विश्वलाई अरूजस्तै ठानिन् । तर उसले बोलेको शान्त स्वर, सुन्ने तरिका र सम्मानजनक व्यवहारले उनलाई बिस्तारै आकर्षित गर्न थाल्यो । दुई आँखा जुधेपछि कुनै ठूलो घोषणा भएन । प्रेमको कुरा नदीझैं, चुपचाप तर गहिरो गरी आफैं बग्न थाल्यो । नेपालकै मान्छे भएको थाहा पाएपछि लक्ष्मीले विश्वलाई आत्मीय ठान्न थालिन् । उनीहरूको संवाद गहिरिँदै गयो । लक्ष्मीले आफ्नो दलित पृष्ठभूमि, गाउँको विभेद, आमाको सङ्घर्ष सबै सुनाइन् ।

त्यो सुनेपछि विश्वको दृष्टिमा कुनै हिचकिचाहट आएन । उसले स्पष्ट शब्दमा भन्यो कि ‘मलाई जात होइन, मान्छे चाहिएको हो ।’ लक्ष्मीको आँखामा आँसु छचल्कियो तर त्यो आँसु पीडाको होइन, स्वीकार र प्रेमको थियो ।

त्यो स्वीकृतिले लक्ष्मीलाई पहिलोपटक जीवनको भार हलुका महसुस भएको अनुभव भयो । उनलाई लाग्यो कि सायद संसार यति कठोर छैन । उनले सोचिन् मानवीय सम्बन्धहरू जात, वर्ग र सामाजिक सीमाहरूभन्दा पनि बलियो हुन सक्छन् । दुबईको विदेशी भूमिमा उनीहरूको सम्बन्ध दिनप्रतिदिन गहिरिँदै गयो र भविष्यका योजनाहरू समेत बुनिन थाले ।

तर जब विवाहको कुरा नेपालसम्म पुग्यो, सबै कुरा फेरि जटिल बन्न थाल्यो । वास्तविकताको कठोर चेहरा फेरि उभिन आयो । समाजले आफ्ना पुराना नियमहरू फेरि स्मरण गरायो– जातको भेदभाव, सामाजिक स्तरको चिन्ता र पुर्ख्यौली सोचहरू फेरि सक्रिय भए । परिवार, छिमेक र समुदायले लक्ष्मी र विश्वलाई फेरि त्यही पुराना प्रश्नहरू सोध्न थाले जुन उनीहरूले विदेशमा भुल्न खोजेका थिए ।

लक्ष्मीले महसुस गरिन् उनको व्यक्तिगत स्वतन्त्रता र प्रेमको सपना अझै पनि नेपाली समाजको पारम्परिक संरचनासँग टक्राउन बाँकी छ । दुबईमा उनले पाएको स्वतन्त्रता र स्वीकृतिले उनलाई आफैँलाई बिर्सन दिएन । उनी अझै पनि त्यही– दलित परिवारमा जन्मिएकी लक्ष्मी थिइन् । र, समाजले त्यो सत्य कहिल्यै बिर्सन दिएन ।

तर लक्ष्मी र विश्वको प्रेम साधारण थिएन । त्यो पहिलो भेट नै केही फरक थियो । त्यो नजरमा डर थिएन– स्वीकारोक्ति थियो ।

विश्व उपल्लो जात मानिने परिवारबाट आएको थियो र लक्ष्मी दलित परिवारकी छोरी थिइन् । यही एउटा तथ्य प्रेमभन्दा धेरै ठूलो बनाइयो । प्रेमको नाम सुन्नासाथ घरको हावा भारी भयो । लक्ष्मीको घरमा मौन बोल्न थाल्यो । आमा छोरीको अनुहार हेर्दा मुस्कुराउन खोज्थिन् तर आँखाको कुनामा लुकेको डर लुकाउन सक्दिनथिन् ।

छोरीको खुसीले मन तान्थ्यो तर समाजको कठोर फैसला सम्झँदा मुटु च्यातिन्थ्यो । बाबुको ठाउँमा उभिएका आफन्तहरूका आँखामा माया थिएन, भ्रम मात्र थियो । उनीहरूका लागि यो सम्बन्ध प्रेम होइन, भविष्यको जोखिम थियो । समाजले के भन्छ भन्ने प्रश्नले उनीहरूको विवेकलाई ढाकेको थियो र लक्ष्मीको चाहनालाई अपराधजस्तै बनाइदिएको थियो ।

तर लक्ष्मी र विश्वको प्रेम साधारण थिएन । त्यो पहिलो भेट नै केही फरक थियो । त्यो नजरमा डर थिएन– स्वीकारोक्ति थियो । पहिलो संवादमै उनीहरूलाई थाहा भइसकेको थियो कि यो सम्बन्ध समय काट्ने खेल होइन । विश्वले लक्ष्मीको आँखामा कुनै बनावटीपन देखेन र लक्ष्मीले विश्वको बोलीमा कुनै छलकपट भेटिनन् ।

प्रेम उनीहरूमा विस्तारै उम्रिएर गहिरो भएको थियो । मानौँ लामो समयदेखि हराइरहेका दुई आत्माहरू अचानक एकअर्कासँग ठोक्किएर चिनेका हुन् । उनीहरू संसार कस्तो छ भन्ने सोचमा थिएनन् । उनीहरू संसार बिना एकअर्का कस्ता हुन्छौं भन्ने डरले बाँधिएका थिए । यही प्रेमले लक्ष्मीको मनमा आशा र डर एकैसाथ जन्माएको थियो । विश्वसँगको प्रत्येक भेट खुसीले भरिन्थ्यो तर घर फर्किँदा छाती थिचिन्थ्यो ।

समाजको नजर प्रेमभन्दा भारी थियो । हरेक हाँसो पछाडि आँसुको छाया थियो । प्रेमले उनीहरूलाई बलियो बनाएको थियो तर समाजले उनीहरूलाई थर्काइरहेको थियो । लक्ष्मीलाई थाहा थियो यो प्रेम सजिलो छैन । विश्वलाई थाहा थियो यो बाटो काँडाले भरिएको छ । तर दुवैलाई यो पनि थाहा थियो कि यदि एकअर्कालाई छोडे भने उनीहरू बाँच्छन् होला तर अधुरा भएर । यही डर र यही चाहनाबीच उनीहरूको प्रेम अझ गहिरो हुँदै गइरहेको थियो ।

लक्ष्मीको बुवा यो प्रेमको सुरुदेखि नै विपक्षमा थिए । उनी डराइरहेका थिए तर त्यो डर कुनै एक व्यक्तिप्रतिको शङ्का मात्र थिएन । त्यो डर समयले बोकेको थियो, समाजले मनमा गाडिदिएको थियो । उनले आफ्नै आँखाले देखेका थिए, प्रेमको नाममा कसरी दलितका छोरीहरूको जीवन जोखिममा पर्छ, कसरी आजका कसमहरू भोलि सम्झनासमेत हुँदैनन् । विश्व नेपालमै आएर लक्ष्मीका बुवालाई भेटे ।

प्रेमका सबै कुरा खुलेर राखे र छोरीलाई यही घर–आँगनबाट विवाह गरिदिन समेत आग्रह गरे । तर धेरै पीडा देखिसकेका लक्ष्मीका बुवाले त्यो प्रेमलाई परीक्षा बनाइदिए । उनी ढुक्क हुन चाहन्थे, पूर्ण निश्चित हुन चाहन्थे तर त्यो निश्चिततासम्म पुग्ने बाटो कठोर थियो । उनले थाहा नपाउँदै प्रेमलाई होइन, प्रेम गर्नेहरूलाई चोट पुर्‍याइरहेका थिए ।

आमाको मन झन् अस्थिर थियो । उनी छोरी र श्रीमान्‌को बीचमा उभिएकी थिइन् जहाँ हरेक निर्णयले कसैलाई न कसैलाई चोट पुग्थ्यो । उनलाई थाहा थियो कि विश्व खराब मान्छे होइनन् । उसको आँखामा इमानदारी थियो, स्वरमा आत्मविश्वास थियो । तर उनी यो पनि जान्थिन् कि समाजले नियत होइन, परिणाम मात्र हेर्छ ।

उनलाई यो त्याग जस्तो लाग्यो, साहस जस्तो लाग्यो । तर कतै भित्र–भित्र एउटा डर पलाइरहेको थियो ।

समाजले प्रेमको गहिराइ बुझ्दैन, उसले भोलिको दुर्घटनाको डर मात्र देख्छ । यही डरले उनलाई मौन बनाइरहेको थियो र यही मौनताले लक्ष्मीलाई एक्लो बनाउँदै लगिरहेको थियो ।

लक्ष्मी भने चुपचाप बदलिँदै गइरहेकी थिइन् । पहिले जसले प्रेमलाई भरोसाको नाम मानेकी थिइन्, उनले अब प्रेमलाई बचाउनुपर्ने बोझको रूपमा अनुभव गर्न थालिन् । उनलाई लाग्न थाल्यो यदि आफू अलिकति झुकेर सबै कुरा शान्त हुन्छ भने त्यही सही बाटो हो । उनले मनमनै स्वीकार गर्न थालिन् कि प्रेममा कहिलेकाहीँ आफ्नै आवाज दबाउनुपर्छ ।

उनलाई यो त्याग जस्तो लाग्यो, साहस जस्तो लाग्यो । तर कतै भित्र–भित्र एउटा डर पलाइरहेको थियो । यदि आज आफू हराइन् भने भोलि प्रेम बाँच्छ कि त यहीँबाट सबै कुरा टुट्न थाल्छ । यही प्रश्नले अब लक्ष्मी अझै गहिरो मोडतर्फ जाँदै थिइन् ।

विश्वका लागि त्यो क्षण असह्य मोड बनेर आयो । उसले स्पष्ट देख्यो कि प्रेम अब स्वतन्त्र निर्णय रहेन । परिस्थितिको दबाबमा बाध्यतामा रूपान्तरण हुँदै थियो । त्यो अनुभूति उसलाई भित्रैदेखि पोलिरहेको थियो । उसले गहिरिएर बुझ्यो, यदि आज उसले डरको अगाडि घुँडा टेक्यो भने भोलि लक्ष्मीको जीवनमा आँखा जुधाएर उभिन सक्ने नैतिक बल उसँग रहने छैन ।

यो निर्णय प्रेम कम भएको कारणले आएको थिएन, बरु प्रेम अत्यन्त गहिरो र साँचो भएकै कारण उसले आफ्ना सीमाहरू कोरेको थियो । ती सीमाहरू स्वार्थका होइनन्, आत्मसम्मानका थिए, मानव गरिमा र स्वाभिमानका थिए । लक्ष्मीले प्रेम बचाउने नाममा बुवाको शर्त स्वीकार गरिन् भने पनि त्यसको मूल्य विश्वले आफ्नो आत्मसम्मान गुमाएर तिर्नुपर्ने भएकोले उसलाई स्वीकार्य भएन । त्यसैले उसले चुपचाप पीडा बोकेर पछि हट्ने बाटो रोज्यो किनकि उसलाई थाहा थियो, प्रेम सम्झौताबाट होइन, सम्मानबाट अगाडि बढ्छ ।

त्यसपछि संवादहरू बदलिन थाले । शब्दहरूमा पहिलेको माया अब गहिरो पीडामा परिणत हुन थाल्यो । स–साना कुरा पनि आरोप लाग्न थाले । यदि माया साँचो हो भने किन नसकिने भन्ने प्रश्न बारम्बार दोहोरिन थाल्यो । शब्दहरू भित्तामा ठोक्किएर टुक्रिँदै, मनमा चोट बनाउँदै गइरहेका थिए । त्यो प्रश्न विश्वका लागि मात्र थिएन, सम्पूर्ण समाजलाई सोधिने चुनौती जस्तो थियो । तर विचित्र कुरा यो थियो कि प्रश्न सोध्नेहरूले यसको जवाफ सुन्न कहिले चाहँदैनथे ।

अन्ततः उसले अन्तिमपटक शान्त तर कटु स्वरमा भनेको कुरा कसैले सुन्न चाहेन । त्यो शब्द जसले उसको आत्मसम्मान र मानव गरिमाको रक्षा गर्ने थियो ।

लक्ष्मीकी आमाले आँसु झार्दै बिन्ती गरिन् । ‘माया जोगाउन सकिन्छ विश्व बाबु, बुवाको शर्त मानिदेऊ’ भनिन् । बाबुको नाममा डर देखाइयो जसले अन्तरमनमा जाडो बनायो । लक्ष्मीको आँसु देखाइयो, हरेक पटक उसको मन टुक्रिँदै गयो । समाजको इज्जत, घरको मान, परिवारको प्रतिष्ठा यी सबैको भार उसको काँधमा राखियो । विश्वलाई दोषी बनाइयो । उसले प्रेम तोडेको, उसले छोरी रुवाएको, उसले घर भत्काएको भनियो । तर कसैले सोधेन– प्रेमलाई किन परीक्षा बनाइयो ? किन बराबरीको सम्बन्ध सम्भव भएन ?

अन्ततः त्यो क्षण आयो जहाँ सबै बाटोहरू बन्द भए । हरपटक जसो एक्लोपन र घृणा मिलेर उसको चारैतिर पर्खाल बनाइरहेका थिए । लक्ष्मी थाकिसकेकी थिइन्, हृदयको हरेक धड्कनले भारी बोझ महसुस गराइरहेको थियो । उनले आफूलाई बचाउन सक्ने क्षमता गुमाइसकेको महसुस गरिन् । विश्व पनि थाकेको थियो तर कारण फरक थियो । ऊ थाकेको थियो, बारम्बार आफ्नो सीमा प्रमाणित गर्नुपर्दा, बारम्बार प्रेमको मूल्य साबित गर्नुपर्दा ।

अन्ततः उसले अन्तिमपटक शान्त तर कटु स्वरमा भनेको कुरा कसैले सुन्न चाहेन । त्यो शब्द जसले उसको आत्मसम्मान र मानव गरिमाको रक्षा गर्ने थियो । त्यस दिन विश्वले बुझ्यो कि भित्री पीडा अझ गहिरो हुन्छ । संसारको आवाज दम्भ र अडानले उसको हृदयमा खालीपन थप्दै थियो । प्रेम जसले पहिले जीवनभरको प्रकाश दिन्थ्यो, अब अहिले याद र पीडा मात्र दिन थाल्यो ।

त्यस दिनबाट लगभग संवाद अन्त्य भयो । शब्दहरू सकिए, पीडा बाँकी रह्यो । घरको एउटा कुनामा बसिरहेकी लक्ष्मी आँसु झार्दै थिइन् । उनको रोदन प्रेम गुमाएको भावको नभई आफूलाई गुमाएको गहिरो पीडाको थियो । हरेक आँसुमा उनको आत्माको टुक्रा हराउँदै गएको अनुभूति थियो । उनले सोचिरहेकी थिइन् यदि प्रेममा आफूलाई मेट्नै पर्छ भने त्यो प्रेम साँच्चिकै प्रेम हो वा सामाजिक नियम र दबाबको नाममात्रको प्रतिबन्ध हो । तर त्यो प्रश्नले अब कुनै उत्तर खोज्ने समय नै बाँकी राखेको थिएन ।

विश्व त्यस रात धेरै बेर शान्त हुन सकेन । उसको मन शान्त भएन, आँखामा निद्रा भित्रिएन । उसले आफूलाई सही ठहर्‍याउन प्रयास गरेन किनकि उसले बुझिसकेको थियो कि कहिलेकाहीँ प्रेम हारिन्छ तर त्यो हारले आफ्नो मूल्य गुमाउँदैन । हरेक चोट, हरेक पीडा, हरेक सीमा प्रमाणित गर्ने प्रयासले उसको आत्मालाई कमजोर बनायो तर उसको निर्णयलाई कम गर्न सकेन ।

उसले लक्ष्मीको खुसीको कामना गर्‍यो तर आफ्नो आत्मालाई चोट पुर्‍याएर होइन । उसले बल्ल बुझ्यो कि प्रेमको साँचो मूल्य बल र सम्मानमा मात्र बाँच्छ, डर र दबाबमा होइन । रातभर उसको मनभित्र पछुतो, पीडा र सम्झनाको आँधी चलिरह्यो तर त्यो आँधीले पनि उसको आत्माको दृढता र प्रेमको गहिराइलाई धक्का दिन सकेन ।

समय अघि बढ्यो । जीवनको प्रवाहले सबैलाई नयाँ मार्गमा धकेल्यो । समाजले आफ्नै मूल्य र विश्वासका आधारमा नयाँ निर्णयहरू बनायो । घरले अर्को योजना बनायो । परम्परा र नियमको नाममा नयाँ रणनीति तयार गर्‍यो । तर त्यो सम्बन्धको घाउ कहिल्यै निको भएन । प्रत्येक स्मृति, प्रत्येक सम्झना, प्रत्येक सानो सङ्केतले अझै मनको गहिराइमा घाउको छाल झल्काइरहेको थियो ।

लक्ष्मीले आफ्नो जीवन अघि बढाइन्, काम र जिम्मेवारीमा व्यस्त रहन थालिन् तर उनको मनको एउटा कुनामा सधैं एउटै प्रश्न रहिरह्यो । यदि प्रेम डर बिना, डरबाट मुक्त, स्वतन्त्र र समान दृष्टिकोणमा सुरु भएको भए सायद त्यसको अन्त्य यति पीडादायक हुने थिएन । त्यो प्रश्न अझै हल भइसकेको थिएन तर उसको हृदयमा बोझका रूपमा रहिरह्यो ।

तपाईको प्रतिक्रिया
  • खुसी ()
  • दुःखी ()
  • अचम्मित ()
  • हाँस्यास्पद ()
  • आक्रोशित ()
टिप्पणी

सम्बन्धित समाचार

सबै:

लोकप्रिय