१९ माघ २०८२, सोमबार
icon
निर्वाचन
१९ माघ २०८२, सोमबार
icon
निर्वाचन

आफ्नै घरको छतबाट खसेर मृत्यु

बडीमालिका नगरपालिकामा एक जनाको आफ्नै घरको छतबाट खसेर मृत्यु भएको छ। जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक लक्ष्मीराज जोशीका अनुसार सोही नगरपालिका–९ गैरीबजार बस्ने ७२ वर्षीया कमला लुहारको मृत्यु भएको हो।

शुक्रबार साँझ उनी आफ्नै घरको छतबाट खसेकी हुन्। छिमेकीले उद्धार गरी उनलाई जिल्ला अस्पताल पुर्याएका थिए। चिकित्सकले उनलाई मृत्यु घोषणा गरेका थिए। शव परीक्षणका लागि सोही अस्पतालमा राखिएको छ।

तपाईको प्रतिक्रिया
  • खुसी ()
  • दुःखी ()
  • अचम्मित ()
  • हाँस्यास्पद ()
  • आक्रोशित ()
टिप्पणी

सम्बन्धित समाचार

सबै:

लोकप्रिय