अभिनेता विपिन कार्कीले रवि लामिछानेसँग चितवनमा मनाए होली

अभिनेता विपिन कार्कीले रास्वपाका सभापति रवि लामिछानेसँग चितवनमा होली मनाएका छन् । उनीहरूले एक अर्कालाई अबिर दलेर होली मनाएका हुन् ।

जसको तस्बिर तथा भिडियो सामाजिक सञ्जालमा आएका छन् । विपिन रविलाई चुनावमा सघाउन चितवन पुगेको बताइन्छ । विपिन पछिल्लो समय छरपस्ट कपाल, झुत्रा लुगा र सडकमा बस्ने व्यक्तिको जस्तो देखिने हुलियामा रहेको फोटो सेयर गर्दै चर्चामा छाएका थिए ।

कामको कुरा गर्दा विपिन अहिले फिल्म ‘काजी’ छायाङ्कन तयारीमा छन् । त्यसअघि उनी २१ फागुनमा हुने प्रतिनिधिसभा निर्वाचनमा मतदान गर्न आफ्नो गृहथलो मोरङ जानेछन् । उनी मोरङ क्षेत्र नम्बर ३ का मतदाता हुन् ।

तपाईको प्रतिक्रिया
icon
खुसी
icon
दुःखी
icon
अचम्मित
icon
हाँस्यास्पद
icon
आक्रोशित
टिप्पणी
प्रतिक्रियाहरु ()
नाम चार शब्द भन्दा बढि लेख्न मिल्दैन

सम्बन्धित समाचार

सबै:

लोकप्रिय