२३ फाल्गुन २०८२, शनिबार
२३ फाल्गुन २०८२, शनिबार

शुक्रबार मात्रै १४ वटा अन्तर्राष्ट्रिय उडान रद्द

मध्यपूर्व क्षेत्रमा विकसित सुरक्षा संवेदनशीलताका कारण काठमाडौंस्थित त्रिभूवन अन्तर्राष्ट्रिय विमानस्थलबाट शुक्रबार मात्रै १४ वटा अन्तर्राष्ट्रिय उडान रद्द गरिएको छ।

त्रिभूवन विमानस्थल कार्यालयले शुक्रबार सूचना जारी गर्दै कुवेत, दुबई, दोहा तथा शारजाह गन्तव्यमा सञ्चालन हुने विभिन्न वायुसेवाका १४ उडान रद्द भएका जानकारी गराएको हो।

विमानस्थल कार्यालयका अनुसार जजीरा एयरवेज, कुवेत एयरवेज, एयर अरेबिया, फ्लाइ दुबई, नेपाल एयरलाइन्स, कतार एयरवेज र हिमालय एयरलाइन्सका कुवेत-काठमाडौँ-कुवेत, शारजाह-काठमाडौँ-शारजाह, दुबई-काठमाडौँ-दुबई तथा दोहा-काठमाडौँ-दोहा उडानहरू रद्द भएका हुन्।

विमानस्थल प्रशासनले यात्रु व्यवस्थापनलाई सहज तथा प्रभावकारी बनाउन सम्बन्धित वायुसेवा कम्पनीहरूसँग समन्वय गरी आवश्यक सहजीकरण गरिरहेको जनाएको छ। कार्यालयले यात्रुहरूलाई थप जानकारीका लागि सम्बन्धित वायुसेवा कम्पनीसँग सम्पर्क गर्न आग्रह गरेको छ।

तपाईको प्रतिक्रिया
  • खुसी ()
  • दुःखी ()
  • अचम्मित ()
  • हाँस्यास्पद ()
  • आक्रोशित ()
टिप्पणी

सम्बन्धित समाचार

सबै:

लोकप्रिय