समानुपातिक मतगणनाको अन्तिम नतिजा आउँदै

प्रतिनिधिसभा निर्वाचन अन्तर्गत समानुपातिकतर्फको मतगणना अन्तिम चरणमा पुगेको छ । निर्वाचन आयोगले समानुपातिकको इलाम–१ र गोरखा–१ को गणना भइरहेको भन्दै त्यो सकिने बित्तिकै अन्तिम नतिजा सार्वजनिक गर्ने जनाएको छ ।

‘समानुपातिकको मतगणना अन्तिम चरणमा छ । अहिले इलाम–१ र गोरखा–१ को गणना भइरहेकाले त्यो सकिएपछि अन्तिम नतिजा सार्वजनिक हुन्छ’, आयोगका प्रवक्ता नारायणप्रसाद भट्टराईले भने– ‘अब केहीबेर कुरिदिनुस् ।’

आयोगले अहिलेसम्म समानुपातिकतर्फ १ करोड ७ लाख ३९ हजार ११५ मत गणना गरिसकेको छ । जसमध्ये रास्वपाले ५१ लाख ३९ हजार २३५ मत ल्याउँदै अग्रता बनाएको छ भने नेपाली कांग्रेसले १७ लाख ४९ हजार ५८३ मत ल्याएर दोस्रो स्थानमा छ ।

तपाईको प्रतिक्रिया
icon
खुसी
icon
दुःखी
icon
अचम्मित
icon
हाँस्यास्पद
icon
आक्रोशित
टिप्पणी
प्रतिक्रियाहरु ()
नाम चार शब्द भन्दा बढि लेख्न मिल्दैन

सम्बन्धित समाचार

सबै:

लोकप्रिय