भरुवा बन्दुकसहित एकजना पक्राउ

संखुवासभाको भोटखोला गाउँपालिका–४ सिप्रुङमा बिना लाइसेन्सको भरुवा बन्दुकसहित एकजना पक्राउ परेका छन् ।

इलाका प्रहरी कार्यालय हेदाङना संखुवासभाबाट प्रहरी निरीक्षक वीरेन्द्रकुमार यादवको कमाण्डमा खटिएको प्रहरी टोलीले खोजतलास गर्ने क्रममा स्थानीय ६० वर्षीय धनमान विश्वकर्माको घरबाट एक थान भरुवा बन्दुक भेटिएपछि उनलाई पक्राउ गरेको हो । प्रहरीका अनुसार विश्वकर्माले घरभित्र लुकाइछिपाइ राखेको अवस्थामा एक थान खाली भरुवा बन्दुक बरामद गरिएको छ ।

बन्दुक बरामद भएपछि धनमान विश्वकर्मालाई नियन्त्रणमा लिई इलाका प्रहरी कार्यालय हेदाङना ल्याएर राखिएको छ । प्रहरीले घटनाबारे थप अनुसन्धानका लागि उनलाई जिल्ला प्रहरी कार्यालय संखुवासभा पठाउने तयारी भइरहेको जनाएको छ ।

तपाईको प्रतिक्रिया
icon
खुसी
icon
दुःखी
icon
अचम्मित
icon
हाँस्यास्पद
icon
आक्रोशित
टिप्पणी
प्रतिक्रियाहरु ()
नाम चार शब्द भन्दा बढि लेख्न मिल्दैन

सम्बन्धित समाचार

सबै:

लोकप्रिय