इलामका बगानमा चियाको पहिलो टिपाइ शुरू

इलामका चिया बगानमा यस वर्षको पहिलो टिपाइ अर्थात् ‘फस्ट फ्लस’ शुरू भएको छ । जिल्लाको दक्षिणी क्षेत्रबाट यो टिपाइ शुरू भएको चिया उद्योगी शरद सुब्बाले जानकारी दिनुभयो ।

सोयाक बगानमा मात्रै पहिलो टिपाइमा झन्डै साढे दुई सय किलो चियापत्ति सङ्कलन भइसकेको उहाँले बताउनुभयो । चिया व्यवसायी जीवन पाण्डेका अनुसार फागुनको अन्तिम हप्तादेखि शुरू हुने यो टिपाइ उद्योगी र किसानका लागि वार्षिक आम्दानीको मुख्य आधार हो ।

यसरी तयार हुने चिया जर्मनी, रुस र अमेरिकासहित युरोपका विभिन्न देशमा निर्यात हुने गरेको छ । चियाको कोमल पातबाट उच्च गुणस्तरको उत्पादन हुने भएकाले अन्तरराष्ट्रिय बजारमा यसको माग पनि बढी हने गरेको व्यवसायी पाण्डेको भनाइ छ ।

किसानका लागि भने यो पहिलो टिपाइ वर्षको आशाको सुरुवात जस्तै हुने गर्छ । यसवर्ष हरियो पत्तीको मूल्य गुणस्तर अनुसार प्रतिकिलो ६५ रुपैयाँदेखि १ हजार ५ सय रुपैयाँसम्म कायम गरिएको छ ।

चालू आर्थिक वर्षमा नेपालबाट ८६ लाख ७७ हजार किलोभन्दा बढी चिया निर्यात भई २ अर्ब ३२ करोड रुपैयाँभन्दा बढी विदेशी मुद्रा आर्जन भएको तथ्याङ्कले देखाएको छ ।

तपाईको प्रतिक्रिया
icon
खुसी
icon
दुःखी
icon
अचम्मित
icon
हाँस्यास्पद
icon
आक्रोशित
टिप्पणी
प्रतिक्रियाहरु ()
नाम चार शब्द भन्दा बढि लेख्न मिल्दैन

सम्बन्धित समाचार

सबै:

लोकप्रिय