अमेरिकी रक्षा विभागद्वारा इरान युद्धका लागि २ सय अर्ब डलर माग

अमेरिकी रक्षा विभागको मुख्यालय पेन्टागनले राष्ट्रपति डोनाल्ड ट्रम्प प्रशासनसँग इरान युद्धका लागि २०० अर्ब अमेरिकी डलरभन्दा धेरै रकमको स्वीकृति माग गरेको छ ।

द वाशिङ्टन पोस्टका अनुसार यो रकम अहिलेसम्म इरानमा भएका सैन्य अभियानको लागतभन्दा धेरै माथि रहेको छ । यसको उद्देश्य पहिले खर्च भएका आवश्यक हतियारहरूको उत्पादन तुरुन्त बढाउनु हो ।

ट्रम्प प्रशासनका काउन्टर–टेररिज्म सेन्टरका पूर्वनिर्देशक जो केन्टले इरानका सर्वेच्च नेता आयताेल्लाह अली खामेनीलाई मार्ने निर्णय गलत भएको बताउनुभएको छ ।

यसैबीच दक्षिणी लेबनानमा भएको इजरायली हवाई आक्रमणमा तीन जना लेबनानी सैनिकसहित १६ जनाको ज्यान गएको छ । सिडोन जिल्लाको अरब अल–जाल शहरमा आवासीय भवनमा पूर्णरूपमा क्षति पुगेकाे चिनियाँ समाचार संस्था सिन्ह्वाले जनाएको छ ।

लेबनानी आधिकारिक स्रोतहरूका अनुसार यस आक्रमणले अन्य धेरैलाई घाइते बनाएको छ र दक्षिणी लेबनानका विभिन्न क्षेत्रहरूमा पनि आक्रमण भइरहेका छन् ।

तपाईको प्रतिक्रिया
icon
खुसी
icon
दुःखी
icon
अचम्मित
icon
हाँस्यास्पद
icon
आक्रोशित
टिप्पणी
प्रतिक्रियाहरु ()
नाम चार शब्द भन्दा बढि लेख्न मिल्दैन

सम्बन्धित समाचार

सबै:

लोकप्रिय