कम्बोडियाबाट थप ८ जना नेपालीको उद्धार

विभिन्न माध्यमबाट कम्बोडिया पुगेका थप ८ जना नेपालीको उद्धार गरिएको छ । उनीहरूको उद्धार गरी स्वदेश पठाइएको छ ।

विभिन्न व्यक्तिको प्रलोभनमा परी कम्बोडिया पुगेका र त्यहाँ अवैधरूपमा सञ्चालन गरिएका अनलाइन स्क्यामिङ्ग केन्द्र, क्यासिनोमा अनलाइन ठगी तथा अन्य विभिन्न गैरकानुनी काममा लगाइएका साथै कम्बोडियामा बिना भिसा बसिरहेका ८ जना नेपालीको थाइल्याण्डमा रहेको नेपाली दुतावासको पहल र कम्बोडिया सरकारको सहयोगमा उद्धार गरिएको हो ।

यसैगरी अलपत्र परेका वा कठिन अवस्थामा रहेका अन्य नेपालीलाई पनि नेपाल फर्काउने पहल भइरहेको छ । यसअघि अस्ति १२ जना नेपालीलाई उद्धार गरी स्वदेश फर्काइएको थियो । दूतावासले समस्यामा परेका नेपालीलाई सम्पर्कमा आउन आग्रह पनि गरेको छ ।

तपाईको प्रतिक्रिया
icon
खुसी
icon
दुःखी
icon
अचम्मित
icon
हाँस्यास्पद
icon
आक्रोशित
टिप्पणी
प्रतिक्रियाहरु ()
नाम चार शब्द भन्दा बढि लेख्न मिल्दैन

सम्बन्धित समाचार

सबै:

लोकप्रिय