२३ चैत्र २०८२, सोमबार
२३ चैत्र २०८२, सोमबार

वरिष्ठ छातीरोग विशेषज्ञ डा. नवीनप्रकाश साह

नेपालमा क्षयरोग संक्रमणको अवस्था कस्तो छ ?
हामीकहाँ क्षयरोग संक्रमणको अवस्था मध्यम स्तरमा छ । गत वर्ष नेपालमा करिब ६७ हजार सक्रिय क्षयरोगी उपचारमा आउने आकलन गरिएको थियो । तर, यसको झन्डै ४० प्रतिशत बिरामी उपचार प्रणालीमै आएनन् । निष्क्रिय क्षयरोगीमध्ये पनि ७४ प्रतिशतको अवस्था पत्तै लागेन । यसरी उपचारमा नआउनेले समुदायमा धेरैलाई यो रोग सारिसकेका हुन सक्छन् । क्षयरोग नियन्त्रणमा उपचारमा नआउने यिनैले बढी चुनौती थपिरहेका छन् ।

क्षयरोग नियन्त्रणमा हाम्रो उपचार प्रणाली प्रभावकारी हुन नसकेको त होइन ?
त्यस्तो होइन, उपचार अत्यन्त प्रभावकारी छ । उपचार प्रणालीमा जोडिएका ९७ प्रतिशत क्षयरोगीको उपचार सफल भएको छ । बाँकी तीन प्रतिशतको चाहिँ निकै ढिला उपचारमा आएकाले या औषधि सेवनमा हेलचेक्र्याइँ गरेकाले मृत्यु भएको अवस्था हो । कतिपय दूरदराजका क्षयरोगीले खोकी त सधैँ लागिरहन्छ नि भनेर वास्ता नगर्ने, कतिपयचाहिँ स्वास्थ्य संस्थासम्म जानै नसक्ने, स्वास्थ्य संस्थामा जानुपर्छ भन्ने सचेतना पनि नहुने या उपचार प्रणाली महँगो हुन्छ भन्ने भ्रम आदिले गर्दा उपचारमै नजाने अवस्थाले गर्दा केही केसमा असफलता देखिएको हो । यसका साथै, कतिपय स्थानमा दक्ष जनशक्तिको कमीले पनि समस्या सिर्जना गरेको हुन सक्छ भने कतिपय स्थानमा चाहिँ दक्ष जनशक्ति भएर पनि आवश्यक उपकरण नहुँदा पहिचानमा समस्या भएको हुन सक्छ ।

आगामी दिनमा क्षयरोग नियन्त्रणमा प्रभावकारिता ल्याउन स्थानीय सरकारको भूमिका कस्तो हुनुपर्ला ?
आखिरमा लागू गर्ने त स्थानीय सरकारले नै हो । बिरामीसित नजिक हुने सरकार पनि ऊ नै हो । कतिपय पालिकाले राम्रो गरिराख्नुभएको पनि छ । तर, अझै धेरै गर्न भने बाँकी नै छ । कतिपयसित स्रोतको अभाव पनि हुन सक्छ । दक्ष जनशक्ति र आवश्यक उपकरणको अभाव पनि हुन सक्छ । त्यसको परिपूर्ति हुन सक्यो भने क्षयरोगको उपचार थप प्रभावकारी हुन सक्छ ।

तपाईको प्रतिक्रिया
  • खुसी ()
  • दुःखी ()
  • अचम्मित ()
  • हाँस्यास्पद ()
  • आक्रोशित ()
टिप्पणी

प्रतिक्रियाहरु ()
नाम चार शब्द भन्दा बढि लेख्न मिल्दैन

सम्बन्धित समाचार

सबै:

लोकप्रिय