नेपाल प्रहरीका महानिरीक्षक दानबहादुर कार्की

समाचार सारांश
Auto Generated by AI
  • जोखिमपूर्ण नदी किनारका बस्तीमा हुने क्षति रोक्न सरकारले प्रहरीको सहयोगमा अवैध संरचना हटाउने कार्य गरिरहेको छ।
  • प्रहरीले बल प्रयोग नगरी नागरिकलाई सुरक्षित स्थानमा सर्न, सामान ओसार्न र बासको व्यवस्था मिलाउन मानवीय सहयोग गरिरहेको छ।
  • राज्यले विस्थापित नागरिकका लागि स्थायी बसोवासको व्यवस्था गर्ने तयारी गरिरहेको र प्रहरीले आवश्यक सुरक्षा प्रदान गर्दैछ।

सार्वजनिक जग्गामा बनेका संरचना हटाउने कार्यमा प्रहरी परिचालन कसरी भइरहेको छ ? 
नदी–किनारका बस्तीहरू जोखिमपूर्ण छन् । जोखिमपूर्ण बस्तीमा बर्खामा बाढी आउने र मानवीय तथा भौतिक क्षति हुने भय हुन्छ नै । विगतका वर्षमा पनि थुप्रैपटक डुबान र क्षति भएका तथ्यांक छन् । त्यसैले, अब यो क्षति र समस्या रोक्नुपर्छ भनेर सरकार लागिपर्‍यो । त्यसमा प्रहरीले आफ्नो दायित्वअनुसारको भूमिका निर्वाह गरिरहेको छ ।

सुरुमा हामीले सुकुमवासी बस्ती र त्यहाँ बस्ने मानिसलाई उपयोग गरिरहेका व्यक्तिहरूलाई पहिल्यै नियन्त्रणमा ल्यायौँ । वस्तीमा व्यापक माइकिङ गरी वृहत्तर प्रहरी परिचालन गरियो । नागरिकका आफ्ना सम्पत्ति तथा चिजवस्तु सार्न सहजीकरण र सहयोग गरियो । प्रहरीले दबाब र बल प्रयोगभन्दा साथ, सहयोगलाई प्राथमिकता दियो । प्रहरीले बस्तीबाट विस्थापित नागरिकलाई सहज ठाउँमा सार्न समन्वय गर्‍यो र अझै गरिरहेको छ ।

बस्ती हटाउँदा प्रहरीले सुरक्षाबाहेक नागरिकलाई के–कस्तो सहयोग गरिरहेको छ ? 
मुख्यतः प्रहरीले सुरक्षाका विषयमा ख्याल गर्नुपर्ने थियो । बस्ती हटाउने कुरामा त्यहाँ बस्नुभएका नागरिकले सरकारलाई सहयोग गर्नुभयो । उहाँहरू प्रतिवादभन्दा पनि सरकारको अभियानलाई एक हिसाबले सहयोग गर्नतिरै लाग्नुभयो । आफूहरू असुरक्षित स्थानमा छौँ भन्ने महसुस पनि गर्नुभयो । प्रहरीले त्यहाँबाट अन्य सुरक्षित स्थानमा जान सहयोग गर्ने, सामान बोकिदिने, सवारीसाधनको सहयोग गर्ने, बस्नका लागि होटेल खोजिदिनेलगायत सहयोग गर्‍यो ।

बस्तीबाट हटाइएकाहरूलाई अब कसरी सुरक्षित वासको व्यवस्था गर्न सकिएला ? 
मुख्य चिन्ता, चासो र सहयोगको क्षेत्र भनेकै उहाँहरूको स्थायी र सहज वास हो । अब राज्यले उहाँहरूको स्थायी बसोवासको व्यवस्था मिलाउनुपर्छ । यसमा सरकारले दिएको भूमिका प्रहरीले निर्वाह गर्नेछ । अब छिट्टै उहाँहरूलाई कहाँ र कसरी राख्ने भन्ने खाका बन्छ होला । हामीले मुख्यतः सुरक्षा व्यवस्था हेरिरहेका छौँ । अहिले नियमित रूपमा अवैध संरचना हटाउने कार्य भइरहेकाले गण, रिजर्भ युनिट र नजिकका प्रहरीलाई सुरक्षामा परिचालन गरिरहेका छौँ ।

तपाईको प्रतिक्रिया
icon
खुसी
icon
दुःखी
icon
अचम्मित
icon
हाँस्यास्पद
icon
आक्रोशित
टिप्पणी
प्रतिक्रियाहरु ()
नाम चार शब्द भन्दा बढि लेख्न मिल्दैन

सम्बन्धित समाचार

सबै:

लोकप्रिय