प्रधानमन्त्री बालेनलाई मोदीको निम्तो

समाचार सारांश
Auto Generated by AI
  • भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले प्रधानमन्त्री बालेन्द्र शाहलाई भारत भ्रमणको औपचारिक निमन्त्रणा पठाएका छन्।
  • प्रधानमन्त्री शाहले उक्त निमन्त्रणा स्वीकार गरिसकेका छन् तर भ्रमणको मिति भने तय हुन बाँकी छ।
  • परराष्ट्रमन्त्री खनाल र भारतीय विदेशमन्त्री जयशंकरबीच मौरिससमा यस विषयमा छलफल भएको छ।

भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले प्रधानमन्त्री बालेन्द्र (बालेन) शाहलाई भारतको भ्रमणको औपचारिक निमन्त्रणा पठाएका छन् ।

मौरिससमा आयोजित हिन्द महासागर सम्मेलनको साइडलाइनमा पत्रकार सिधान्त सिबलसँग कुरा गर्दै परराष्ट्रमन्त्री शिशिर खनालले प्रधानमन्त्री शाहको सम्भावित भारत भ्रमण र नेपालको नयाँ परराष्ट्र नीतिका विषयमा विस्तृत जानकारी दिएका हुन् ।

परराष्ट्रमन्त्री खनालका अनुसार नेपालमा निर्वाचन सम्पन्न हुनेबित्तिकै भारतीय प्रधानमन्त्री मोदीले राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने र प्रधानमन्त्री शाहलाई टेलिफोन गरेर बधाई दिएका थिए । सोही बधाई सन्देशमार्फत मोदीले प्रधानमन्त्री शाहलाई भारत भ्रमणको निम्तो दिएको र प्रधानमन्त्री शाहले उक्त निमन्त्रणा स्वीकार गरिसकेको खनालले स्पष्ट पारेका छन् ।

भारत भ्रमणको मिति भने तत्काल तय भइसकेको छैन । मौरिससमै भारतीय विदेशमन्त्री एस. जयशंकरसँगको पहिलो प्रत्यक्ष भेटवार्तामा परराष्ट्रमन्त्री खनालले द्विपक्षीय सम्बन्ध र आगामी भ्रमणबारे छलफल गरेका थिए ।

तपाईको प्रतिक्रिया
icon
खुसी
icon
दुःखी
icon
अचम्मित
icon
हाँस्यास्पद
icon
आक्रोशित
टिप्पणी
प्रतिक्रियाहरु ()
नाम चार शब्द भन्दा बढि लेख्न मिल्दैन

सम्बन्धित समाचार

सबै:

लोकप्रिय