राजनीतिक विश्लेषक रोशन जनकपुरी

समाचार सारांश
Auto Generated by AI
  • एमालेमा नेतृत्व परिवर्तनको सम्भावना अहिले पचास प्रतिशत देखिएको छ।
  • वैचारिक रूपमा कमजोर र सत्तामुखी भएकाले पार्टीभित्र तीव्र गुटबन्दी छ।
  • नेतृत्वले कार्यशैली नसुधारे र अवसरवादी नरोकिए पार्टी थप कमजोर हुनेछ।

एमालेमा विशेष महाधिवेशन र नेतृत्व परिवर्तनको सम्भावना कति देख्नुहुन्छ ?
यतिखेर एमाले अध्यक्ष केपी ओली अप्ठ्यारोमा हुनुहुन्छ । त्यसले गर्दा पार्टी केन्द्र कमजोर देखिएको छ । त्यसैले, त्यहाँ नेतृत्व परिवर्तनको सम्भावना पचास–पचास प्रतिशतको अवस्थामा देखिँदै छ । ओली स्वयं नेतृत्वमा कति बस्नुहुन्छ, त्यसले पनि नयाँ कोर्समा जाने या नजाने भन्ने निर्धारण गर्न सक्छ । परिवर्तित सन्दर्भमा पार्टीभित्र रूपान्तरण अति जरुरी छ । तर, त्यसका लागि ओली नै निर्णायक हुनुहुन्छ, किनकि पार्टीको नेटवर्कमा अहिलेसम्म उहाँकै बलियो पकड छ । उहाँले बुद्धि पुर्‍याएर सक्रिय नेतृत्वबाट हटेर संरक्षकजस्तो भूमिकामा बस्नुभयो भने उहाँ सिंगो एमालेपंक्तिको नेता हुने सम्भावना पनि छ । पार्टीभित्र अन्तरविरोध चलिरहेको अहिलेको समयमा विरोधी समूहले ‘प्रेसर’ बढाउँदै लानु स्वाभाविक हो । तर, यसले पार्टीलाई निरन्तर अस्थिर र कमजोर बनाउँछ ।

एमालेमै जीवन बिताएका नेतामाथि ‘आन्तरिक दुस्मन र दक्षिणपन्थी’को आरोप लाग्नुले के संकेत गर्छ ?
एमाले विचारप्रति भन्दा पनि सत्ताप्रति प्रतिबद्ध पार्टी हो । उसको नाम मात्र कम्युनिस्ट हो, विचार कम्युनिस्ट छैन । त्यहाँ दुई–तीनवटा गुटबिच टकराहट छ । शक्ति संघर्ष तीव्र छ भन्ने संकेत हो यो आरोप–प्रत्यारोपको शृंखला ।

पछिल्लो हारबाट पाठ सिकेर एमाले सच्चिने सम्भावना कति देख्नुहुन्छ ? 
एमाले चुनावअघिसम्म शक्तिशाली संरचना भएको दल हो । तर, निर्वाचनपछि त्यहाँ निकै हतासा बढेको देखिन्छ । तैपनि, एमाले सकिइहाल्छ भन्ने अवस्था भने छैन । तर, नेतृत्वले राजनीतिक ‘ट्रेन्ड’ बदलेन भने पार्टी थप कमजोर हुनेछ । एमालेभित्र अवसरको राजनीति गर्नेहरू धेरै छन् । सत्ताको अवसर नदेखेपछि अवसरवादीहरू भाग्छन् नै । यस्तोमा एमालेले आगामी प्रदेश र स्थानीय तहको निर्वाचनबाट आफूलाई सच्याएर बलियो बनाउन सक्नुपर्छ ।

तपाईको प्रतिक्रिया
icon
खुसी
icon
दुःखी
icon
अचम्मित
icon
हाँस्यास्पद
icon
आक्रोशित
टिप्पणी
प्रतिक्रियाहरु ()
नाम चार शब्द भन्दा बढि लेख्न मिल्दैन

सम्बन्धित समाचार

सबै:

लोकप्रिय