राजनीतिक विश्लेषक पुरञ्जन आचार्य

समाचार सारांश
Auto Generated by AI
  • कांग्रेसमा संसदीय दलको नेता चयनमा भएको ढिलाइले नेतृत्वको स्वार्थ र आन्तरिक गुटबन्दीलाई छर्लङ्ग पारेको छ।
  • प्रमुख प्रतिपक्षी दलको नेता चयन नहुँदा संसद्को प्रभावकारिता घटेको छ र यो संवैधानिक अभ्यासविपरीत देखिएको छ।
  • निर्णयमा ढिलाइले पार्टीभित्र विवाद र अविश्वास बढाउँदै लगेको छ जसले कांग्रेसको अस्तित्वलाई नै संकटमा पारेको छ।

कांग्रेसले लामो समयसम्म संसदीय दलको नेता छान्न किन नसकेको होला ?
यसले कांग्रेस नेतृत्वको संकटको संकेत गरेको छ । युवा नेतृत्वबिच ‘पावर स्ट्रगल’ छ । उनीहरूबिच केही मुद्दामा विमति छन् । संसदीय दलको नेता चयन कांग्रेसको प्राथमिकता बनेन, नेताहरूको व्यक्तिगत प्राथमिकता बन्यो । नेतृत्वमा देशको आवश्यकता र पार्टीको जिम्मेवारी के हो भन्ने बोध हुन सकेन । नेताहरू सबैका खल्तीमा आ–आफ्ना विश्वासिला मान्छे छन्, तर तिनलाई लिएर निर्वाचनमा जान सबै डराइरहेका छन् । यसैको परिणाम हो यो ढिलाइ ।

प्रमुख प्रतिपक्षी दलको नेता चयनमा भएको यो ढिलाइले कस्तो प्रभाव पार्ला ?
प्रमुख प्रतिपक्षी दल सानै भए पनि उसको महत्व निकै ठुलो हुन्छ । अहिलेको ढिलाइले कांग्रेसको मूल मूल्यमाथि नै संकट आएको देखिन्छ । प्रमुख प्रतिपक्षी दलको नेता चयनमा भएको यो लज्जाजनक ढिलाइले गर्दा संसद्मा प्रतिपक्षी दलको भूमिका खुम्चियो । यसले गर्दा अहिलेको संसद् वैधानिक प्रतिपक्षीविहीन भएको छ । प्रतिपक्षीविहीन संसद्को कल्पना हाम्रो संविधानले गरेको छैन । अहिलेको ढिलाइबारे युवा नेतृत्वले गम्भीर आत्मसमीक्षा गर्नु जरुरी छ ।

यसले कांग्रेसको आन्तरिक विवाद झनै तन्किने संकेत गरेको हो ?
नेतृत्व अनिर्णयको बन्दी हुँदा पार्टीभित्र गुटबन्दी बढ्नु, दबाब सिर्जना हुँदै जानु, प्रश्नहरू उठ्नु स्वाभाविक हो । अहिलेको अप्ठ्यारो नेतृत्वकै कारण सिर्जना भएको हो । यस्ता मुद्दामा जति ढिलो निर्णय हुन्छ, त्यति नै त्यो ‘डेट एक्सपायर्ड’ औषधिजस्तो काम नलाग्ने हुनजान्छ । यस्ता मुद्दालाई समयमै टुंग्याउनु पार्टी संस्थापनको दायित्व हो ।

तपाईको प्रतिक्रिया
icon
खुसी
icon
दुःखी
icon
अचम्मित
icon
हाँस्यास्पद
icon
आक्रोशित
टिप्पणी
प्रतिक्रियाहरु ()
नाम चार शब्द भन्दा बढि लेख्न मिल्दैन

सम्बन्धित समाचार

सबै:

लोकप्रिय