हिरासतमै छन् शेखर गोल्छा, अर्को कसुरमा अनुसन्धान सुरू

समाचार सारांश
Auto Generated by AI
  • व्यवसायी शेखर गोल्छा धितोपत्र सम्बन्धी कसुरमा सर्वोच्चको आदेश अनुसार धरौटीमा छुटेका छन्।
  • सिआइबीले बिमा ऐन अन्तर्गतको कसुरमा थप अनुसन्धान गर्न उनलाई हिरासतमा नै राखेको छ।
  • प्रहरीले सो कसुरमा म्याद थप गरी अनुसन्धान प्रक्रिया अघि बढाउने तयारी गरेको छ।

व्यवसायी शेखर गोल्छामाथि प्रहरीले अर्को कसुरमा म्याद थपेर अनुसन्धान अघि बढाउने भएको छ। गोल्छालाई सोमबार सर्वोच्च अदालतले धितोपत्र सम्बन्धी ऐन २०६३ अनुसार भएको कसुरमा धरौटीमा छाड्न परमादेश दिएको थियो।

उक्त कसुर अनुसार गोल्छाले केन्द्रीय अनुसान्धान ब्युरो (सिआइबी)मा ५ लाख रुपैयाँ धरौटी बुझाएका थिए। तर उनीमाथि बिमा ऐन, २०७९ अनुसार अनुसन्धान गर्नका लागि हिरासतमै राखिएको सिआइबीका प्रमुख एवं एआइजी मनोज केसीले जानकारी दिए।

‘सर्वोच्चको आदेश अनुसार धितोपत्र ऐन अनुसार उहाँसँग धरौटी लियौं। आज अर्को कसुरमा म्याद थप हुन्छ। त्यस विषयमा सर्वोच्चले केही बोलेको छैन,’ उनले भने। प्रहरीले गोल्छाविरूद्ध बिमा ऐन अनुसार कसुर भएको भन्दै पक्राउ अनुमति लिएको थियो। तर अनुमति अनुसार उनलाई त्यस कसुरमा म्याद थप गरिसकेको थिएन।

‘बिमा ऐन, २०७९ को कसुरका सम्बन्धमा हिरासतमा राख्ने अनुमति प्रदान गरी हिरासतमा राखेको नदेखिई अनुसन्धान प्रयोजनका लागि मुलुकी कार्यविधि संहिता, २०७४ को दफा ९ (२) बमोजिम पक्राउ पुर्जी जारी गर्ने अनुमति सम्म प्रदान भएको तथा तत्सम्बन्धमा निवेदनमा कुनै जिकिर समेत रहेको नदेखिएको हुँदा सो सम्बन्धमा प्रस्तुत निवेदनको रोहमा बोलिरहनु परेन,’ सर्वोच्चको आदेशमा भनिएको थियो।

सिआइबीले वैशाख १० गते अर्का व्यवसायी दीपक भट्टसँगको सम्बन्ध देखिएको भन्दै पक्राउ गरेको थियो।  धितोपत्र बोर्डले अध्ययन गरेर सार्वजनिक भएको प्रतिवेदनमा सम्बन्ध देखिएको हो।

प्रहरीले १० गतेयता दुई पटक म्याद थपेको थियो। सो म्यादलाई पनि सर्वोच्चले बदर गरेको छ।

तपाईको प्रतिक्रिया
icon
खुसी
icon
दुःखी
icon
अचम्मित
icon
हाँस्यास्पद
icon
आक्रोशित
टिप्पणी
प्रतिक्रियाहरु ()
नाम चार शब्द भन्दा बढि लेख्न मिल्दैन

सम्बन्धित समाचार

सबै:

लोकप्रिय