सुनचाँदीको भाउ बढे

समाचार सारांश
Auto Generated by AI
  • स्थानीय बजारमा आज पनि सुन र चाँदीको मूल्य बढेको छ।
  • सुन तोलामा १८०० र चाँदी १०५ रुपैयाँले महँगिएको छ।
  • छापावाल सुन दुई लाख ९८ हजार ६०० र चाँदी पाँच हजार १५५ रुपैयाँ कायम भएको छ।

हिंजोको तुलनामा स्थानीय बजारमा आज पनि सुनचाँदीको भाउ बढेको छ। सुन तोलामा रु एक हजार ८०० र चाँदी रु १०५ ले बढेको हो।

नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आज छापावाल सुनको मोल प्रतितोला रु दुई लाख ९८ हजार ६०० र त्यति नै परिमाणको सेतो धातुको मूल्य रु पाँच हजार १५५ कायम भएको छ।

हिजो ९बुधबार० छापावाल सुनको मोल प्रतितोला रु दुई लाख ९६ हजार ८०० र त्यति नै परिमाणको चाँदी रु पाँच हजार ५० मा खरिदबिक्री भएको थियो। गत मङ्गलबार एक तोला छापावाल सुन रु दुई लाख ९१ हजार र त्यति नै परिमाणको चाँदी रु चार हजार ८८० मा किनबेच भएको थियो।

अन्तर्राष्ट्रिय सञ्चारमाध्यमका अनुसार आज अन्तरराष्ट्रिय बजारमा एक औँस सुन चार हजार ७०३ र त्यति नै परिमाणको चाँदी ७७ अमेरिकी डलरमा कारोबार भइरहेको छ।

तपाईको प्रतिक्रिया
icon
खुसी
icon
दुःखी
icon
अचम्मित
icon
हाँस्यास्पद
icon
आक्रोशित
टिप्पणी
प्रतिक्रियाहरु ()
नाम चार शब्द भन्दा बढि लेख्न मिल्दैन

सम्बन्धित समाचार

सबै:

लोकप्रिय