चलचित्र ‘लालीबजार’ शुक्रबारदेखि प्रदर्शनमा आउने

समाचार सारांश
Auto Generated by AI
  • चलचित्र लालिबजार आगामी शुक्रबारदेखि प्रदर्शनमा आउने पक्का भएको छ।
  • उच्च अदालत पाटनले प्रदर्शनमा रोक लगाउने आदेशलाई निरन्तरता नदिएपछि बाटो खुलेको हो।
  • यम थापा निर्देशित उक्त चलचित्रमा स्वस्तिमा खड्कालगायत कलाकारको मुख्य भूमिका छ।

चलचित्र ‘लालिबजार’ आगामी शुक्रबारदेखि प्रदर्शनमा आउने भएको छ ।

उच्च अदालत पाटनले प्रदर्शनमा रोक लगाउन दिएको अल्पकालीन अन्तरिम आदेशलाई निरन्तरता दिन अस्वीकार गरेपछि चलचित्र प्रदर्शनमा आउन लागेको हो ।

चलचित्रका कार्यकारी निर्माता प्रदीप भट्टराइले चलचित्र शुक्रबारबाटै प्रदर्शनमा आउने बताए । यसअघि वैशाख १८ गते प्रदर्शनको तयारीमा रहेको चलचित्र उच्च अदालत पाटनको अन्तरिम आदेशको कारण रोकिएको थियो ।

बादी समुदायको कथामा निर्माण भएको चलचित्रमा स्वस्तिमा खड्का, रवीन्द्रसिंह बानियाँ, समाइरा थापा, मुकुन्दकुमार श्रेष्ठ, अभय बराल, आशा पौडेल, गोविन्द सुनार, आभा अर्याल, तारा शर्मा, रमेश वादी, सरस्वती अधिकारी लगायतको अभिनय छ ।

षड्कोण आर्ट्सको निर्माणमा बनेको चलचित्रमार्फत विशाल देवकोटा र प्रशंसा सुवेदीले डेब्यु गर्दैछन् । चलचित्र यम थापाले निर्देशन गरेका हुन्।

तपाईको प्रतिक्रिया
icon
खुसी
icon
दुःखी
icon
अचम्मित
icon
हाँस्यास्पद
icon
आक्रोशित
टिप्पणी
प्रतिक्रियाहरु ()
नाम चार शब्द भन्दा बढि लेख्न मिल्दैन

सम्बन्धित समाचार

सबै:

लोकप्रिय