न्युजिल्याण्डमा कुनै पनि गठबन्धनलाई बहुमत पुगेन

समाचार सारांश
Auto Generated by AI
  • न्युजिल्याण्डको निर्वाचनमा कुनै पनि गठबन्धनले स्पष्ट बहुमत पाउन सकेनन्।
  • सत्तारुढ गठबन्धन बहुमतका लागि एक सिटले पछि परेपछि सरकार गठन अनिश्चित बनेको छ।
  • सरकार गठनका लागि अब अन्य दलको समर्थन वा फेरि चुनाव हुने सम्भावना देखिएको छ।

जिल्याण्डमा भएको आम चुनावको अन्तिम नतिजाले कुनै पनि राजनीतिक गठबन्धनलाई स्पष्ट बहुमत नदिएपछि त्यहाँ त्रिशंकु संसद बन्ने भएको छ ।

यससँगै नयाँ सरकार गठन अनिश्चित बनेको छ भने फेरि चुनाव हुन सक्ने सम्भावना देखिएको छ । निर्वाचन आयोगले सार्वजनिक गरेको अन्तिम नतिजाअनुसार प्रधानमन्त्री क्रिस्टोफर लक्सन नेतृत्वको नेसनल पार्टी सम्मिलित सत्तारुढ गठबन्धनले ६५ सिट जितेको छ ।

संसद्मा बहुमतका लागि ६६ सिट आवश्यक पर्ने भएकाले गठबन्धन एक सिटले पछाडि परेको छ । त्यस्तै, विपक्षी दलहरूले संयुक्त रूपमा ५८ सिट जितेका छन् । विपक्षी गठबन्धनमा लेबर पार्टी सबैभन्दा ठूलो दल बनेको छ ।

नोभेम्बर ७ तारिखमा सम्पन्न चुनावको अन्तिम सार्वजनिक नतिजाअनुसार संसद्को आकारसमेत बढेको चिनियाँ समाचार संस्था सिन्ह्वाले जनाएको छ । सामान्यतया १२० सदस्यीय रहने संसद्मा यसपटक १० वटा अतिरिक्त सिट थपिएपछि सदस्य संख्या १३० पुगेको छ ।

निर्वाचन क्षेत्रमा प्राप्त सिट पार्टीले पाएको समानुपातिक मतको हिस्साभन्दा धेरै हुँदा सम्बन्धित दललाई अतिरिक्त सिट दिनुपर्ने अवस्थालाई ओभरह्याङ सिट भनिन्छ । अन्तिम नतिजाअनुसार नेसनल पार्टीले ४० सिट प्राप्त गरेको छ ।

पूर्वप्रधानमन्त्री क्रिस हिप्किन्स नेतृत्वको लेबर पार्टीले भने ३६ सिट कायम राखेको छ । नेसनल पार्टीले २८.४ प्रतिशत र लेबर पार्टीले २९.९ प्रतिशत पार्टीगत मत प्राप्त गरेका छन् । सरकार र विपक्षी दुवै गठबन्धनभन्दा बाहिर रहेको अपरच्युनिटी पार्टीले ७ सिट प्राप्त गरेको छ ।

अन्तिम नतिजापछि सरकार गठन गर्न सत्तारुढ गठबन्धनलाई अपरच्युनिटी पार्टीको समर्थन आवश्यक पर्ने भएको छ । विपक्षी दलले अपरच्युनिटी पार्टीको समर्थन पाए पनि बहुमत पु¥याउन सक्ने छैनन् ।

न्युजिल्याण्डमा सामान्यतया दुई वा दुईभन्दा धेरै दल मिलेर सरकार गठन गर्ने व्यवस्था छ ।

तपाईको प्रतिक्रिया
icon
खुसी
icon
दुःखी
icon
अचम्मित
icon
हाँस्यास्पद
icon
आक्रोशित
टिप्पणी
प्रतिक्रियाहरु (०)
नाम चार शब्द भन्दा बढि लेख्न मिल्दैन

सम्बन्धित समाचार

सबै: