पणेनामा लघु उद्यमशिल तालिम सुरु

नारायण पोख्रेल ।
पाणिनी गाउँपालिकाको पणेनामा लघु उद्यमशिल तालिमको सुरुवात भएको छ । शिप विकास गरेर स्वरोजगार बनाउने उद्देश्यसहित तालिम आयोजना गरिएको हो ।

पालिकाको उद्योग विकास शाखाको आयोजनामा स्थानीय कच्चापदार्थको प्रयोगलाई प्राथमिकता दिएर विभिन्न किसिमका वस्तु उत्पादनमा तालिम केन्द्रीत बनाइएकाे पालिकाले जनाएको छ । सीप सिकाएर स्वरोजगार बनाउने र आय आर्जन हुने किसिमले काममा लगाउने तालिमको मुख्य उदेश्य रहेको छ ।

बेरोजगार युवायुवती, विदेशबाट फर्किएका युवाहरु र गृहणीहरुलाई तालिममा सहभागी गराइएको छ । गाउँपालिका अध्यक्ष टेकराज न्यौपानेले कार्यक्रमको उद्घाटन गर्दै आवश्यक शिप हासिल गर्दै उत्पादनमा जोडिने किसिमले काम गर्न आग्रह गर्नुभयो । उक्त तालिममा ३४ जना सहभागी रहेका छन् भने तालिमको सहजीकरण उधम अधिकृत दिनेश शर्माले गर्नुभएको छ ।

तालिम पुष २४ गतेसम्म सन्चालन हुनेछ ।

तपाईको प्रतिक्रिया
icon
खुसी
icon
दुःखी
icon
अचम्मित
icon
हाँस्यास्पद
icon
आक्रोशित
टिप्पणी
प्रतिक्रियाहरु ()
नाम चार शब्द भन्दा बढि लेख्न मिल्दैन

सम्बन्धित समाचार

सबै:

लोकप्रिय