१९ माघ २०८२, सोमबार
icon
निर्वाचन
१९ माघ २०८२, सोमबार
icon
निर्वाचन

पुटिनले छोटो अवधिका लागि गरे युक्रेनमा युद्धविराम घोषणा

जेलेन्स्कीले भने- सन्देहपूर्ण छ

रूसी राष्ट्रपति भ्लादिमिर पुटिनले युक्रेनसँगको लडाइँमा छोटो अवधिका लागि युद्धविराम घोषणा गरेका छन्। पुटिनले क्रेमलिनबाट सम्बोधन गर्दै स्थानीय समयअनुसार शनिबार साँझ ६ बजेदेखि सोमबार मध्यरातसम्म तीस घन्टाका लागि युद्धविराम घोषणा गरेका हुन्।

पुटिनले दुवै देशमा महत्वका साथ मनाइने इस्टर पर्वका अवसरमा युद्धविराम घोषणा गरिएको बताएको अमेरिकी मिडिया सिएनएनले उल्लेख गरेको छ। ‘रूसी समयअनुसार शनिबार साँझ ६ बजेदेखि सोमबार मध्यरातसम्म युद्धका सबै क्रियाकलाप रोकेका छौं,उनले भने।

पुटिनले युक्रेनले पनि त्यसलाई अबलम्बन गर्नुपर्ने बताए। युक्रेनले इस्टरको अवसरमा युद्ध रोक्छ कि रोक्दैन भन्ने कुराले युद्धविरामका लागि युक्रेन कति गम्भीर छ भन्ने दर्शाउने पुटिनले बताएका छन्। युक्रेनी सेनाको कमाण्डर इन् चिफले फ्रन्टलाइनमा लडिरहेका सेनामाथि आक्रमण भएको र रूसी तोपखानाहरुबाट लगातार बमबारी भइरहेको आरोप लगाएको सिएनएनले जनाएको छ।

किभले पनि पुटिनको घोषणाबारे प्रतिक्रिया दिएको छ।

तपाईको प्रतिक्रिया
  • खुसी ()
  • दुःखी ()
  • अचम्मित ()
  • हाँस्यास्पद ()
  • आक्रोशित ()
टिप्पणी

सम्बन्धित समाचार

सबै:

लोकप्रिय