लक्ष्मण घिमिरे ।
अर्घाखाँची । अर्घाखाँचीमा एक महिलाले आफ्नै श्रीमानको हत्या गरेकी छिन् ।
जिल्लाको छत्रदेव गाउँपालिका वडा नम्बर–३, शिख्रकी २७ वर्षिय मेखमाया कुमालले राती श्रीमान सुतेका बेला धारिलो हतियार दाउ प्रहार गरि हत्या गरेकी हुन् ।
शनिवार साँझ श्रीमान–श्रीमतीबिच घरायसी विवाद भएपछी सुतिरहेको अवस्थामा राती करिब १ बजे आफ्नै श्रीमान ३८ वर्षिय रामु कुमालको दाउले टाउकोमा हानेर हत्या गरेकी जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।
उनलाई आईतवार बिहान घटनास्थलबाट हतियारसहित नै पक्राउ गरिएको प्रहरीले जनाएको छ । घटनाको विस्तृत अनुसन्धान भईरहेको छ ।
