रुसले युक्रेनमा ५३९ ड्रोन र ११ क्षेप्यास्त्र प्रहार गर्‍यो

युक्रेनको राजधानी किभमा रुसले प्रहार गरेको ड्रोन र मिसाइलका कारण एक जनाको मृत्यु भएको छ भने २६ जना घाइते भएका छन्।

युक्रेनले शुक्रबार रुसले किभमा ५३९ ड्रोन र ११ क्षेप्यास्त्र प्रहार गरेको बताएको छ। राष्ट्रपति भ्लादिमिर पुटिन र अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पबीचको वार्तापछि रुसले युक्रेनमा ड्रोन र मिसाइल प्रहार गरेको छ।

पुटिनसँगको कुराकानीपछि ट्रम्पले पुटिन युक्रेनसँगको युद्ध अन्त्य गर्न नचाहेकोमा आफू निराश भएको बताए। साथै, रुसले युक्रेनसँगको युद्ध आफ्नो लक्ष्य प्राप्त नभएसम्म जारी रहने बताएको छ।

युक्रेनी राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले रुसको आक्रमणको निन्दा गरेका छन्। उनले भने, ‘रुसले फेरि एक पटक युद्ध अन्त्य गर्न चाहँदैन भन्ने देखाएको छ।’

जेलेन्स्कीले युक्रेनका सहयोगीहरू, विशेष गरी संयुक्त राज्य अमेरिकालाई रुसमाथि थप प्रतिबन्ध लगाउन अपील गरेका छन्।

तपाईको प्रतिक्रिया
icon
खुसी
icon
दुःखी
icon
अचम्मित
icon
हाँस्यास्पद
icon
आक्रोशित
टिप्पणी
प्रतिक्रियाहरु ()
नाम चार शब्द भन्दा बढि लेख्न मिल्दैन

सम्बन्धित समाचार

सबै:

लोकप्रिय