१९ माघ २०८२, सोमबार
icon
निर्वाचन
१९ माघ २०८२, सोमबार
icon
निर्वाचन

अमेरिकामा दुई नेपाली विद्यार्थीको सडक दुर्घटनामा मृत्यु

अमेरिकाको लुइसियाना टेक युनिभर्सिटीमा अध्ययनरत दुई नेपाली विद्यार्थीको मृत्यु भएको छ भने अन्य दुई घाइते भएका छन्। लुइसियाना स्टेट पुलिसले सडक दुर्घटनाको अनुसन्धान गरिरहेको जानकारी दिएको हो ।

सञ्चारमाध्यमका अनुसार मृत्यु हुनेमा २२ वर्षीय राजन यादव र २० वर्षीय रोजिन ओली रहेका छन् । यो दुर्घटना गत जुलाई १३ भएको हो। लुइसियाना स्टेट पुलिसका अनुसार, भारी वर्षा भइरहेको बेला यादवले यूएस हाइवे ८० मा होन्डा अकर्ड चलाइरहेका थिए, जसमा ओली र अन्य दुई जना यात्रु थिए। प्रहरीका अनुसार, कार सडकबाट बाहिरिएर एउटा रुखमा ठोक्कियो र त्यसपछि आगलागी भएको थियो।

प्रहरीले यादव र ओलीको घटनास्थलमै मृत्यु भएको र उनीहरूले सिटबेल्ट लगाएका थिए वा थिएनन् भन्ने कुरा खुल्न नसकेको बताएको छ। कारमा रहेका अन्य दुई यात्रुलाई उपचारका लागि स्थानीय अस्पताल लगिएको छ। प्रहरीले टक्सिकोलोजी नमूनाहरू सङ्कलन गरी विश्लेषणका लागि पेस गरिने बताएको छ।

यता, लुइसियाना टेक युनिभर्सिटीले जुलाई १४ मा यस दुखद घटनाबारे एक विज्ञप्ति जारी गरेको थियो। लुइसियाना टेकका अध्यक्ष जिम हेन्डरसनले फेसबुकमा दुर्घटनाबारे जानकारी दिएका थिए ।

तपाईको प्रतिक्रिया
  • खुसी ()
  • दुःखी ()
  • अचम्मित ()
  • हाँस्यास्पद ()
  • आक्रोशित ()
टिप्पणी

सम्बन्धित समाचार

सबै:

लोकप्रिय