नेपालको समृद्धिप्रति भारत प्रतिबद्ध छ : प्रधानमन्त्री मोदी

भारतका प्रधानमन्त्री नरेन्द्र मोदीले नेपालको समृद्धिप्रति भारत प्रतिबद्ध रहेको बताउँदै अन्तरिम सरकारको प्रधानमन्त्री हुनुभएकोमा सुशीला कार्कीलाई शुभकामना व्यक्त गर्नुभएको छ ।

सामाजिक सञ्जाल एक्समार्फत मोदीले प्रधानमन्त्रीको कार्यभार सम्हाल्नुभएकोमा कार्कीलाई शुभकामना व्यक्त गर्दै नेपालको समृद्धिप्रति भारत प्रतिबद्ध रहेको उल्लेख गर्नुभएको छ । साथै उहाँले नेपाली दाजुभाइ तथा दिदीबहिनीको शान्ति, प्रगति र समृद्धिमा भारतको सधै साथ रहने बताउनुभएको छ ।

पूर्वप्रधानन्यायाधीश कार्की प्रधानमन्त्री नियुक्त भएलगत्तै अन्तर्राष्ट्रिय समुदायले बधाई दिएका छन् । संयुक्त राष्ट्रसङ्घदेखि छिमेकी देश भारत, बेलायत र जापानले बधाई दिएका हुन् ।

तपाईको प्रतिक्रिया
icon
खुसी
icon
दुःखी
icon
अचम्मित
icon
हाँस्यास्पद
icon
आक्रोशित
टिप्पणी
प्रतिक्रियाहरु ()
नाम चार शब्द भन्दा बढि लेख्न मिल्दैन

सम्बन्धित समाचार

सबै:

लोकप्रिय