
- फिल्म परालको आगोले ४ करोड २५ हजार ४६६ रुपैयाँ ग्रस कमाइ गरेको छ।
- राम नाम सत्य फिल्मको कुल कमाइ ३ करोड ४० लाख ८१ हजार ६९१ पुगेको छ।
- विकास बोर्डका अनुसार यी दुवै फिल्मले हालसम्म लाखौँको संख्यामा टिकट बिक्री गरेका छन्।
फिल्म ‘परालको आगो’ को कमाइ ४ करोड रूपैयाँ नाघेको छ।
चलचित्र विकास बोर्डले सोमबार सार्वजनिक गरेको विवरणअनुसार फिल्मले गत शनिबारसम्म सिनेपाः बक्सअफिसमा ४ करोड २५ हजार ४६६ रूपैयाँ ग्रस कमाएको हो।
वैशाख ११ गतेदेखि प्रदर्शनमा आएको फिल्मको वैशाख २६ गतेसम्म १ लाख ४३ हजार ७२४ वटा टिकट बिक्री भएका छन्। त्यस्तै, फिल्म ‘राम नाम सत्य’ को कमाइ ३ करोड ४० लाख ८१ हजार ६९१ पुगेको छ।
चैत २७ गते रिलिज फिल्मले गत शनिबारसम्म उक्त कमाइ गर्दा १ लाख २१ हजार ४०५ वटा टिकट बिक्री भएको विवरणमा उल्लेख छ।
लक्ष्मण सुनारको निर्देशनमा बनेको ‘परालको आगो’ मा सौगात मल्ल, सुहाना थापा, प्रकाश सपुत, सिर्जना अधिकारीलगायत कलाकारहरू मुख्य भूमिकामा छन्।
त्यस्तै, माइकल चन्द निर्देशित ‘राम नाम सत्य’ मा विराज भट्ट, सुनिल थापा, सुशील श्रेष्ठ, दिव्या रायमाझी, सुपुष्पा भट्टलगायत कलाकारहरूको अभिनय छ।
