३० बैशाख २०८२, मंगलबार
३० बैशाख २०८२, मंगलबार

यसपाली पनि नतोडिने भयो चुनावमा भारतिय कंग्रेसको कीर्तिमान

बिजेपीको ४०० नकट्ने सर्वेक्षण

लगालग दुई पटक चुनाव जितेर सत्तामा रहेको भारतीय जनता पार्टी (बीजेपी)को सन् २०१४ को चुनावी मुद्दा थियो- ‘अबकी बार मोदी सरकार’ । सन् २०१९ को नारा थियो- ‘सबका साथ सबका विकास’ ।

उसो त सात चरणमा हुने भारतीय चुनावको गत अप्रिल १९ मा भएको प्रथम चरणको चुनावपछि नै बीजेपी नेताहरुले ४०० पारको कुरा सार्वजनिक रुपमा गर्न छोडेका थिए । अर्थात् बीजेपी र एक्जिट पोल दुवैबाट ४०० पार नहुने पक्कापक्की संकेत आएका छन् । भारतीय चुनावी इतिहासमा ४०० पारको कथा नभएको भने होइन ।

कहिले भएको थियो ४०० पारको चुनाव ?

भारतीय चुनावी इतिहासमा एक पटक मात्रै ४०० पार भएको उदाहरण छ । त्यो पार गर्ने दल हो भारतीय राष्ट्रिय कंग्रेस । सन् १९८४ को चुनावमा कंग्रेसले एकल ४१४ सीट ल्याएको थियो ।

भारतकी चर्चित तथा शक्तिशाली महिला प्रधानमन्त्री इन्दिरा गान्धीको हत्या भएको दुई महिनापछि भएको चुनाव भएकोले धेरैको साथ थियो । सन् १९८४ अक्टोबर ३१ मा इन्दिराको हत्या भएको थियो । त्यसको ठीक दुई महिनामा भएको चुनावमा काँग्रेसको ४०० सिट कटेको थियो । ४१४ सीट भनेको खसेको मतको ४८.१२ प्रतिशत मत हो ।

आमा इन्दिरा गान्धीको हत्या भएपछि अन्तरिम सरकारका प्रधानमन्त्री भएका राजीव गान्धी नै पछि चुनाव जितेर शक्तिशाली प्रधानमन्त्री भएका थिए । यद्यपि, राजिव गान्धी सरकारले राम्रो काम गरेन । त्यो समयमा प्रमुख विपक्षी २२ सीट ल्याएको भारतीय कम्युनिष्ट पार्टी मार्क्सवादी थियो । बलियो जनमत र कमजोर विपक्षी हुँदाहुँदै राजीव गान्धीले राम्रो काम गरेर जनताको मत जित्न सकेनन् । त्यही भएर कार्यकाल सकिएपछिको सन् १९८९ को चुनावमा भारी मतले पराजित भयो, जसमा कंग्रेसले १९१ सीटमात्रै ल्याउन सकेको थियो । जनता दलको सरकार बनेको थियो ।

सन् १९८४ मा भएको ४०० पारको ४८.१२ प्रतिशत बोकेको एकल दल भारतमा नयाँ आएको छैन । सन् १९८४ पछिका चुनावमा ४० प्रतिशत मत ल्याएको उदाहरण पनि छैन । सन् २०१९ मा मोदी सरकारले ३७.७ प्रतिशत मतमात्रै ल्याएको थियो ।

तपाईको प्रतिक्रिया
  • खुसी (0%)
  • दुःखी (0%)
  • अचम्मित (0%)
  • हाँस्यास्पद (0%)
  • आक्रोशित (0%)
टिप्पणी

सम्बन्धित समाचार

सबै:

लोकप्रिय