१९ माघ २०८२, सोमबार
icon
निर्वाचन
१९ माघ २०८२, सोमबार
icon
निर्वाचन

कुरिलोखेतीबाट सात लाख मुनाफा

बर्दघाट सुस्तापूर्व नवलपुरका पदमबहादुर मोक्तानले कुरिलोखेतीबाट एकै याममा सात लाख मुनाफा आर्जन गरेका छन्। मध्यविन्दु नगरपालिका–३ ब्रह्मस्थानमा विगत तीन वर्षदेखि कुरिलोखेती गरेका मोक्तानले वार्षिक १६ लाखसम्मको कुरिलो बेचर उक्त मुनाफा गरेका हुन्। सबै खर्च कटाएर सात लाख नाफा कमाएको उनले बताए।

हाल उनले ५० कठ्ठामा कुरिलोखेती गरेका छन्। ‘यो कुरिलोको सिजन हो, टिप्ने, मुठा पार्ने बजार र पठाउने काममा व्यस्त भइन्छ’, उनले भने। दैनिक ८० देखि एक सय केजीसम्म कुरिलो उत्पादन हुने गरेको उनले बताए। किसान मोक्तानले उत्पादन गरेको कुरिलो स्थानीय बजारका साथै नारायणगढ, पोखरा र काठमाडौँमा खपत हुने गरेको छ।

गत वर्ष तीस कठ्ठा क्षेत्रफलमा कुरिलोखेती गर्नुभएका मोक्तानले यस वर्ष २० कठ्ठा क्षेत्रफलमा थपेको बताए। गत वर्षभन्दा यो वर्ष अधिक  आम्दानी हुने उनी बताउँछन्। हाल कुरिलोको खुद्रा बजार मूल्य प्रतिकेजी तीन सय छ र थोकमा मूल्य दुई सय ५० छ।

लोट्स कृषि तथा पशु फार्म दर्ता गरी जग्गा भाडामा लिएर उनले तरकारीखेती गर्दै आएका छन्। विगत पाँच वर्षदेखि उनी व्यावसायिक खेतीमा लागेका हुन्। उनको बारीमा  कुरिलोसँगै घिरौला, भिण्डी, करेला, खरबुजा लटरम्म फेलका छन्। आफ्ना अन्य उत्पादनले भन्दा कुरिलोखेतीबाट अधिक आम्दानी हुने गरेको उनको भनाइ छ।

तपाईको प्रतिक्रिया
  • खुसी ()
  • दुःखी ()
  • अचम्मित ()
  • हाँस्यास्पद ()
  • आक्रोशित ()
टिप्पणी

सम्बन्धित समाचार

सबै:

लोकप्रिय