नेपाली काङ्ग्रेसबाट निर्वाचित गाउँपालिकाका अध्यक्षको निधन

मोरङको ग्रामथान गाउँपालिकाका अध्यक्ष अध्यक्ष जयप्रकाश चौधरीको निधन भएको छ ।

गत माघ १० गते अचानक बेहोस भई लडेर अचेत भएका चौधरीको उपचारका क्रममा निधन भएको हो । उनको आज दाहसंस्कार गरिँदै छ । ब्रेन ह्यामरेज भएका चौधरीको विराटनगर स्थित नोबेल मेडिकल कलेजमा उपचार भइरहेको थियो । उपचार कै क्रममा निधन भएका चौधरी नेपाली काङ्ग्रेसका तर्फबाट विजयी भएका थिए ।

२०२४ सालमा जन्मिएका चौधरी सानै उमेरदेखि राजनीति र सामाजिक क्षेत्रमा क्रियाशील थिए । उनी मोरङको तत्कालीन मोतीपुर गाविसको अध्यक्ष २०४९ सालमा निर्वाचित भएका थिए । २०७९को स्थानीय चुनावमा पालिका अध्यक्षमा भएका थिए ।

तपाईको प्रतिक्रिया
icon
खुसी
icon
दुःखी
icon
अचम्मित
icon
हाँस्यास्पद
icon
आक्रोशित
टिप्पणी
प्रतिक्रियाहरु ()
नाम चार शब्द भन्दा बढि लेख्न मिल्दैन

सम्बन्धित समाचार

सबै:

लोकप्रिय