गर्मीका कारण पाकिस्तानका एक लाखभन्दा बढी विद्यालय बन्द

उच्च तापक्रमका कारण दक्षिणी पाकिस्तानका एक लाखभन्दा बढी विद्यालयहरू बन्द भएका छन्।

सिन्ध प्रान्तका शिक्षा विभागका प्रवक्ता आतिफ भिघियोले अत्यधिक गर्मी बढेका कारण थप दुई साताका लागि विद्यालयहरू बन्द गर्ने निर्णय गरिएको बताए। उनले यसबाट झन्डै १ लाखभन्दा बढी विद्यालय प्रभावित हुने बताए। जलवायु परिवर्तनका कारण उच्च जोखिममा रहेको पाकिस्तानमा हुने लोडसेडिङले पनि समस्या हुने गरेको बताइएको छ।

प्रवक्ता आतिफले १२ घन्टासम्म हुने लोडसेडिङ्गका कारण पङ्खाबिना विद्यालय सञ्चालन हुँदा बालबालिका झन् प्रभावित हुने गरेको देखिएपछि विद्यालय नै बन्द गर्ने निर्णय गरिएको बताए।

सरकारले दुई करोड ६० लाखभन्दा धेरै बालबालिका गरिबीका करण विद्यालयबाहिर रहेको जनाएको छ। सिन्ध प्रान्तका केही क्षेत्रमा ५० डिग्री सेल्सियसभन्दा बढी तापक्रम हुँदा पाकिस्तानले मे र जुनमा लुको सामना गर्नुपरेको थियो। मुलुकको सबैभन्दा धेरै जनसङ्ख्या भएको पञ्जाब प्रान्तमा अधिकारीहरूले बालबालिकालाई प्रचण्ड गर्मीबाट बचाउन मे महिनामा गृष्मकालीन बिदा एक साताअघि सुरु गरेको थियो।

संयुक्त राष्ट्रसङ्घ बाल एजेन्सी युनिसेफका अनुसार दक्षिण एसियामा तीन चौथाईभन्दा धेरै अर्थात ४६ करोड बालबालिका प्रतिवर्ष कम्तीमा ८३ दिनका लागि ३५ डिग्री सेल्सियसभन्दा माथिको तापक्रमको सम्पर्कमा रहन्छन्।

तपाईको प्रतिक्रिया
icon
खुसी
icon
दुःखी
icon
अचम्मित
icon
हाँस्यास्पद
icon
आक्रोशित
टिप्पणी
प्रतिक्रियाहरु ()
नाम चार शब्द भन्दा बढि लेख्न मिल्दैन

सम्बन्धित समाचार

सबै:

लोकप्रिय