दक्षिण मेक्सिकोमा ५.५ म्याग्निच्युडको भूकम्प

मेक्सिकोको दक्षिणी राज्य ओआक्साकामा स्थानीय समय अनुसार शुक्रबार साँझ ५.५ म्याग्निच्युडको भूकम्प गएको छ। अमेरिकी भूगर्भ सर्वेक्षण (यूएसजीएस) का अनुसार यो भूकम्प सान मिगुएल अचिउटला नजिकै ६४ किलोमिटर गहिराइमा गएको थियो। भूकम्पको कम्पन मेक्सिको सिटीमा समेत महसुस भएको थियो।

भूकम्पपछि सतर्कताका लागि मानिसहरू केही समय सडकमा निस्किएका थिए। मेक्सिकोकी राष्ट्रपति क्लाउडिया शेनबाउमले सामाजिक सञ्जाल एक्समा लेख्दै कुनै क्षति नभएको जानकारी दिइन्। ओआक्साकाका गभर्नरले पनि हालसम्म कुनै ठूलो क्षति नभएको भनेका छन्।

तपाईको प्रतिक्रिया
icon
खुसी
icon
दुःखी
icon
अचम्मित
icon
हाँस्यास्पद
icon
आक्रोशित
टिप्पणी
प्रतिक्रियाहरु ()
नाम चार शब्द भन्दा बढि लेख्न मिल्दैन

सम्बन्धित समाचार

सबै:

लोकप्रिय