१९ माघ २०८२, सोमबार
icon
निर्वाचन
१९ माघ २०८२, सोमबार
icon
निर्वाचन

संयुक्त राष्ट्रसङ्घका आणविक प्रमुख तेहरानमा

संयुक्त राज्य अमेरिका र इरानबीच इरानको आणविक कार्यक्रमबारे रोममा नयाँ वार्ता हुने समाचार सार्वजनिक भएकै दिन संयुक्त राष्ट्रसङ्घका आणविक प्रमुख तेहरानमा आइपुगेका छन् । संयुक्त राष्ट्रसङ्घीय आणविक निगरानी संस्थाका प्रमुख राफेल ग्रोसीले तेहरान र वासिङ्टनबीच नयाँ चरणको आणविक वार्ता हुनुअघि बिहीबार इरानको आणविक ऊर्जा एजेन्सीका प्रमुख मोहम्मद इस्लामीसँग भेटवार्ता गरेका हुन् ।

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले सन् २०१८ मा ऐतिहासिक आणविक सम्झौता त्यागेको लामो समयपछि दुई देशबिच एक सात पहिले उच्चस्तरीय वार्ता भएको थियो । इरानी र अमेरिकी प्रतिनिधिमण्डल ओमानी मध्यस्थताको दोस्रो चरणको वार्ताका लागि शनिबार रोममा भेला हुने भएका छन् ।

ग्रोसीको एस्लामीसँगको भेटबारे तत्काल केही जानकारी प्राप्त नभए पनि इरानको सुधारवादी समूह निकट शार्ग पत्रिकाले उहाँको भ्रमणलाई ’वर्तमान समयमा रणनीतिक रुपमा महत्वपूर्ण’ भनेको छ ।

बुधबार ग्रोसीले विदेशमन्त्री अब्बास अराघचीसँग भेट गर्नुभएको थियो भने शनिबार अमेरिकी विशेष दूत स्टिभ विटकोफसँग पहिलो चरणको वार्ताको नेतृत्व गरेका छन् । अराघचीले अन्तर्राष्ट्रिय आणविक ऊर्जा एजेन्सीका प्रमुखसँग आफ्नो बैठक ‘उपलब्धीपूर्ण’ भएको बताएका छन् ।

उनले भने, ‘आईएईएले आगामी महिनाहरूमा इरानी आणविक कार्यक्रमको शान्तिपूर्ण समाधानमा महत्वपूर्ण भूमिका खेल्न सक्छ।’ अराघचीले आईएईए प्रमुखसँग ‘केही नदेखिने शक्तिहरूले ‘वर्तमान वार्तालाई बिथोल्न’ खोजिरहेको बताउँदै ‘उर्जा एजेन्सीलाई राजनीतिबाट टाढा राख्नुपर्ने’ बताए । यस भनाइबारे उनले विस्तृत विवरण भने राखेनन् ।

तपाईको प्रतिक्रिया
  • खुसी ()
  • दुःखी ()
  • अचम्मित ()
  • हाँस्यास्पद ()
  • आक्रोशित ()
टिप्पणी

सम्बन्धित समाचार

सबै:

लोकप्रिय