७ फाल्गुन २०८२, बिहिबार
icon
निर्वाचन
७ फाल्गुन २०८२, बिहिबार
icon
निर्वाचन

गुगललाई ४.१ अर्ब युरो जरिवाना लगाउने निर्णय

अमेरिकी बहुराष्ट्रिय प्रविधि कम्पनी अल्फाबेटको सहायक कम्पनी गुगललाई युरोपेली सङ्घ ९ईयू० को सर्वोच्च अदालतबाट ठुलो झट्का लागेको छ । सर्वोच्च अदालतका सल्लाहकारले गुगललाई झन्डै ४ अर्ब १० करोड युरो जरिवाना तिराउने फैसलालाई समर्थन गरेका छन् । प्रतिस्पर्धा मिचेको भन्दै आफूमाथि लगाएको सो जरिवानाको विरुद्ध गुगलले अपिल गरेको थियो ।

गुगलमाथि प्रतिद्वन्द्वी कम्पनीहरूलाई दबाउन एन्ड्रोइड प्रयोग गरेको आरोप छ । प्रतिस्पर्धीलाई ब्लक गर्न गुगलले एन्ड्रोइड मोबाइल अपरेटिङ सिस्टमको दुरुपयोग गरेको सात वर्ष अघि युरोपेली आयोगले आफ्नो फैसलामा भनेको थियो ।

२०२२ मा तल्लो ट्रिब्यूनलले ईयूको खोजलाई समर्थन गरेर जरिवानाको आकार भने ४ अर्ब ३४ करोड युरोबाट घटाएर ४ अर्ब १० करोड युरोमा झारेको थियो । गुगलले सर्वोच्च अदालतमा यो निर्णयलाई चुनौती दिएको थियो । ईयूको सर्वोच्च अदालतका सल्लाहकार जुलियन कोकोटले सात वर्षअघि गुगलमाथि लगाइएको ४ अर्ब ३४ करोड युरो जरिवानाको विरुद्धको लडाइँमा ईयूको प्रतिस्पर्धा विरोधी नियामकहरूको पक्षमा फैसला सुनाएकी छिन् ।

आफ्नो गैर–बाध्यकारी रायमा, लक्जमबर्गस्थित युरोपेली सङ्घको न्याय अदालतका जनरल काउन्सिल जुलियन कोकोटले अदालतलाई गुगलको अपिल खारेज गर्न र तल्लो न्यायाधिकरणले लगाएको कम जरिवानाको फैसलालाई कायम राख्न सल्लाह दिएका छन् ।

गुगलले प्रस्तुत गरेका तर्कहरू प्रभावहिन भएको उनले बताए ।

तपाईको प्रतिक्रिया
  • खुसी ()
  • दुःखी ()
  • अचम्मित ()
  • हाँस्यास्पद ()
  • आक्रोशित ()
टिप्पणी

सम्बन्धित समाचार

सबै:

लोकप्रिय