१९ माघ २०८२, सोमबार
icon
निर्वाचन
१९ माघ २०८२, सोमबार
icon
निर्वाचन

अनन्त अम्बानीलाई कति तलब दिँदैछ रिलायन्स ?

भारतका सबैभन्दा धनी व्यक्ति मुकेश अम्बानीका कान्छा छोरा अनन्त अम्बानी रिलायन्स इन्डष्ट्रिजको कार्यकारी निर्देशकको नयाँ भूमिका पाएका छन् । कम्पनीको उत्तराधिकार योजनाअनुसार अनन्तलाई कम्पनीमा सो भूमिका दिइएको हो । गएको वर्ष रियालन्यमा अनन्त अम्बानीको साथै उनको दाजु आकाश अम्बानी र दिदी ईशा अम्बानीलाई गैर कार्यकारी निर्देशकको रूपमा कम्पनीको सञ्चालन समितिमा सामेल गरिएको थियो ।

तर त्यतिबेला यी तीन जना तलबको हकदार थिएनन् । उनीहरूलाई मिटिङमा बसेबापत चार लाख भारु भत्ता र आव २०२३/२४ को लागि ९७/९७ लाख भारु बराबरको कमिशन भने दिइएको थियो ।

बिजनेस टूडेमा छापिएको समाचार अनुसार रिलायन्सले आइतबार पोस्टल ब्यालेट नोटिस जारी गर्दै कम्पनीको सबै सेयर धनीलाई नयाँ भूमिकामा अनन्त अम्बानीलाई दिइने तलबबारे जानकारी दिइएको छ । नोटिस अनुसार रिलायन्सको कार्यकारी निर्देशकको रूपमा अनन्तले मुनाफामा आधारित कमिसन र अन्य कार्यकारी भत्ता बाहेक १० देखि २० करोड भारुबिचको वार्षिक तलब दिइनेछ ।

तलब, भत्ता र सुविधा बाहेक पनि अनन्तले कम्पनीको खुद मुनाफाका आधारमा पारिश्रमिक पाउने भनेर नोटिसमा उल्लेख गरिएको छ । २०२४ को अप्रिलमा कार्यकारी निर्देशक पदमा पदोन्नति गर्दै अनन्त अम्बानीलाई रिलायन्सको ऊर्जा पोर्टफोलियोको जिम्मेवारी दिइएको थियो ।

अनन्त जियो प्लेटफर्म र रिलायन्स रिटेल बोर्डमा पनि संलग्न छन् । उनले रिलायन्स फाउन्डेसनको वंतारा प्रोजेक्टमा पनि काम गरिरहेका छन् ।  कार्यकारी निर्देशकको रूपमा अनन्तको नियुक्ति कम्पनीको हितमा हुने रिलायन्स इन्डष्ट्रिजले भनेको छ ।

तपाईको प्रतिक्रिया
  • खुसी ()
  • दुःखी ()
  • अचम्मित ()
  • हाँस्यास्पद ()
  • आक्रोशित ()
टिप्पणी

सम्बन्धित समाचार

सबै:

लोकप्रिय