७ फाल्गुन २०८२, बिहिबार
icon
निर्वाचन
७ फाल्गुन २०८२, बिहिबार
icon
निर्वाचन

सरकारी विद्यालयको छत भत्किँदा तीन बालबालिकाको मृत्यु, कम्तीमा ३० घाइते

भारतको राजस्थान राज्यको झालावाड जिल्लाको मनोहर प्रहरी चौकी क्षेत्रमा रहेको एउटा सरकारी विद्यालयको छत भत्किँदा शुक्रबार बिहान तीन बालबालिकाको मृत्यु भएको छ । दुर्घटनामा कम्तीमा ३० जना घाइते भएको बताइएको छ ।

राजस्थानका शिक्षामन्त्री मदन दिलावरले तीन बालबालिकाको मृत्युको पुष्टि गरेका छन् । सञ्चारमाध्यमहरूले भने मृतक बालबालिकाको सङ्ख्या कम्तीमा पाँच रहेको भन्दै समाचार छापेका छन् । दुर्घटना लगत्तै गाउँलेहरूले घाइते र मृत बालबालिकालाई भग्नावशेषबाट बाहिर निकालेका थिए ।

घाइतेहरूमा शिक्षकहरू पनि भएको बताइएको छ । हाल सबैलाई उपचारको लागि अस्पताल लगिएको छ । ‘विद्यालयको छत भत्किँदा दुःखद घटना भएको छ । तीन बालबालिकाको घटनास्थलमै मृत्यु भएको छ । कलेक्टर सहित शिक्षा विभागका अधिकारीहरूलाई पठाइएको छ ।’

शिक्षामन्त्री मदन दिलावरद्वारा जारी विज्ञप्तिमा भनिएको छ । घाइतेहरूको अस्पतालमा उपचार भइरहेको अनि यो दुर्घटना कसरी भयो भनेर पत्ता लगाउन उच्चस्तरीय अनुसन्धान गरिने पनि विज्ञप्तिमा उल्लेख छ । राजस्थानका मुख्यमन्त्री भजनलाल शर्माले दुर्घटनाप्रति दुःख व्यक्त गरेका छन् ।

तपाईको प्रतिक्रिया
  • खुसी ()
  • दुःखी ()
  • अचम्मित ()
  • हाँस्यास्पद ()
  • आक्रोशित ()
टिप्पणी

सम्बन्धित समाचार

सबै:

लोकप्रिय