भारतको उत्तराखण्डको हरिद्वारस्थित मनसादेवी मन्दिरमा आइतबार भएको भागदौडमा ६ जनाको मृत्यु भएको छ । भारतीय सञ्चारमाध्यमहरूका अनुसार भागदौडमा अन्य धेरै घाइते भएका छन् ।
उत्तराखण्डका मुख्यमन्त्री पुष्करसिंह धामीले सामाजिक सञ्जाल ट्विटरमार्फत उक्त घटनाप्रति दुःख व्यक्त गरेका छन् । मुख्यमन्त्री सिंहले घटनाबारे न्यायिक छानबिन गर्न निर्देशन दिएका छन् ।
उत्तराखण्ड सरकारले भागदौडमा परी ज्यान गुमाएका मृतकका परिवारलाई २ लाख रुपैयाँ राहत उपलब्ध गराउने घोषणा गरेको छ । साथै घाइतेहरूलाई ५० हजार रुपैयाँ सहयोग गर्ने घोषणा गरिएको छ ।
